• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, तीनबुँदे सहमति अनुमोदन

    1.4K
    SHARES

    काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र नेकपाबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

    ‘शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’ राजनीतिक प्रतिबन्ध हटेसँगै खुला भएर अब विप्लवले आफ्नो राजनीतिक गतिबिधि अगाडी बढाउनेछन् ।

    नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध झन्डै २ बर्षपछि फुकुवा भएको हो । बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि सरकारी वार्ता टाेली, नेकपाकाे वार्ता टाेलीबाच ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएसंगै प्रतिबन्ध पनि फुकुवा भएको हो ।

    बिहीबार सरकार र नेकपाको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको हाे । सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

    सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाइएको छ । समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने जनाइएको छ ।

    सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सरकारले नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । फागुन २८ आउन ८ दिन बाँकी रहँदा ओली सरकारले नेकपामाथिको प्रतिबन्ध हटाएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ