• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विप्लव नेकपा र ओली सरकारबीच ३ बुँदे सहमति भएलगत्तै प्रचण्ड-नेपालले चाले यस्तो कदम

    1.5K
    SHARES

    काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपा र ओली सरकारबीच भएको ३ बुँदे सहमति भएलगत्तै यता नेकपा प्रचण्ड-नेपाल समूह फेरि निर्वाचन आयोग जाने भएको छ । आयोग जाने तयारी पेरिसडाँडामा भइरहेको छ । नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि आयोग जाने तयारी भएको हो ।

    यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समूह आयोगमा जान लागेको हो ।

    अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो । यो समूहले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको थियो । तर, आयोगले यसबारे कुनै निर्णय गरेको छैन ।

    ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप निर्णय आयोगले नगरेपछि प्रचण्ड–माधव समूह असन्तुष्ट छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा व्यावहारिक र राजनैतिक रुपमा विभाजित भएको छ । तर, आयोगले भने ५ पुसभन्दा पछाडि गरिएको दाबीलाई मान्यता नदिने निर्णय गरेको छ ।

    विप्लव र ओली सरकारबीच ३ बुँदे सहमति भएपछि कसले के भने ?

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको राजनीतिक दलका नेताहरुले स्वागत गरेका छन् । बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा, उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राजन भट्टराईबीच ३ बुँदे सहमति भएको हो ।

    वार्ताबाट राजनीतिक विषयको समाधान वार्ताबाट गर्ने, शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, सरकारले लगाएको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने, फागुन २१ गते विशेष समारोहका बीच प्रधानमन्त्री केपी ओली र विप्लवले संयुक्त रुपमा सम्वोधन गर्ने, सार्वजनिक हुने, एउटै मञ्चबाट प्रधानमन्त्री ओलीसँग सम्वोधन गर्ने सहमति भएको छ । सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिलाई विभिन्न दलका नेताहरुले सकारात्मक रुपमा लिएका छन् ।

    राप्रपाका अध्यक्ष कमल थापाले ट्वीट गर्दै सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक रहेको बताएका छन् । उनले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको उल्लेख गरेका छन् ।

    यस्तै जनता समाजवादीका नेता उपेन्द्र यादवले विप्लव नेतृत्वको दल शान्तिपूर्ण रुपमा राजनीतिका आउनु सकारात्मक रहेको प्रतिक्रिया दिए । रातोपाटीसँग कुरा गर्दै यादवले अहिले शान्तिपूर्ण राजनीतिमा आएपनि आगामी दिनमा कसरी अगाडि बढ्छन् त्यो महत्वपूर्ण हुने उल्लेख गरे ।

    नेकपा प्रचण्ड–नेपाल पक्ष नेता पम्फा भुसालले पार्टीमा सहमतिबिना विप्लवलाई प्रतिबन्ध लगाइएको उल्लेख गर्दै अहिले प्रतिबन्ध फुकुवा गर्नु सामान्य कुरा भएको उल्लेख गरिन् । उनले यसलाई सरकारको सफलतासँग जोड्न नहुने तर्क गरिन । उनले भनिन्, ‘पार्टीमा सहमति नगरी जसले आफूखुसी प्रतिबन्ध लगायो पछि आफैले फुकुवा गर्नुप¥यो । यो सामान्य कुरा हो । हामीले पहिलेदेखि नै विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन अपिल गर्दै आएका थियौं । शान्तिपूर्ण रुपमा राजनीति गर्छु भन्नु राम्रो कुरा हो ।’

    यस्तै नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु सकारात्मक रहेको बताउँदै लोकतान्त्रिक मूल्य मान्यतामा रहेर राजनीति गर्नु, संविधानप्रति प्रति प्रतिबद्ध हुनु सकारात्मक विषय भएको प्रतिक्रिया दिए ।

    उनले विप्लव समूहले परिस्थितिको मूल्याङ्कन गरेर लोकतन्त्र प्रति प्रतिबद्धता जनाउनु सुखद कुरा रहेको र नेपाली कांग्रेसले त्यसलाई स्वागत गर्ने उल्लेख गरे । यसैगरी सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको नेकपा मालेले स्वागत गरेको छ ।

    ‘नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच आज विहान तीन बुँदे सहमति भएको कुरा सार्वजनिक भएको छ । हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउनु स्वागतयोग्य छ’, मालेका कार्यालय सचिव महेन्द्र शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    दुवै पक्षको वार्ताद्वारा गरिएको सहमतिको विवरण चाँडै सार्वजनिक हुने विषयबारे पार्टी प्रतिक्षारत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
    गत १८ गते सरकार र विप्लव समूहले दुई दुई सदस्यीय वार्ता टोली गठन गरेका थिए । त्यसयता भएका चरणबद्ध छलफलपछि बिहीबार ३ बुँदे सहमति गरिएको हो ।

    ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

    धानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

    सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

    बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । प्रेस नोटमा सरकार र नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ ।

    विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ । साथै सरकारले नेकपाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ । ह’त्या हिंसामा लागेको भन्दै सरकारले नेकपामाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ