काठमाडाैं । ओली सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच दोस्रो चरणको वार्ता सकिएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् ।
यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो । वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् ।
‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ’ भट्टराले भने । वार्ता सहमति नजिक पुगेको बताइए पनि ठ्याक्कै के बिषयमा सहमति जुट्यो भन्ने खुलाइएको छैन ।
प्रतिक्रिया