• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विप्लवसँग वार्ता सकिएलगत्तै एकाएक सैनिक मुख्यालय किन पुगे प्रधानमन्त्री ओली ?

    2.3K
    SHARES

    काठमाडौै । प्रधानमन्त्री केपी ओली एकाएक सैनिक मुख्यालय जंगीअड्डा पुगेका छन् । बुधवार आज प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासँग सरकारी टोलीले पहिलो चरणको वार्ता गरेलगत्तै प्रधानमन्त्री ओली सैनिक मुख्यालय पुगेका हुन् । अब दोस्रो चरणको औपचारिक वार्ता कहाँ बस्ने भनेर खुलाइएको छैन ।

    सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा, सदस्य राजन भट्टराई र विद्रोही नेकपाका वार्ता टोली संयोजक खड्ग विश्वकर्मा र दीपक चलाउनेबीच वालुवाटारमा बुधबार बिहान वार्ता भएको थियो । उक्त वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताएका छन् ।

    वार्ता सकिएसँगै रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री ओली सैनिक मुख्यालय जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेपाली सेनाका अनुसार आजदेखि २१ गतेसम्म पृतनापति समन्वयात्मक बैठक-२०७७ सञ्चालन हुँदैछ ।

    बैठकमा नेपाली सेनाका पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन तथा जंगिअड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणमा भए गरेका कार्यका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने नेपाली सेनाले जनाएको छ । शिवरात्रीमा मनाइने सेना दिवसको पूर्व सन्ध्यामा नेपाली सेनाले हरेक वर्ष पृतनापति समन्वयात्मक बैठक गर्दै आएको छ ।

    त्यस्तै हिजो मात्रै महासचिव विप्लवले ओली सरकारले वार्ता टोली गठन गरेको केहि घण्टामै एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न पार्टी सहमत भएको जानकारी गराएका थिए ।

    महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत भएको छ ।

    पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता क.प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क.दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं ।’

    यसअघि दिउसो ओली सरकारले गृहमन्त्री राम बहादुर थापा वादलको नेतृत्वमा दुई सदस्सीय वार्ता टोली गठन गरेको घोषणा गरेको थियो । सरकारका प्रवक्ता पार्वत गुरूङले बिद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपासँग वार्ता गर्न समिति गठन गरेको बिज्ञप्ति मार्फत जानकारी दिएका थिए।

    सरकारी वार्ता समितिमा गृहमन्त्री बादल नेतृत्वको समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् । यसअघि नेकपाका पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले नेकपासँग वार्ता गर्नेबारे सबै तिर चर्चा भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक नेकपासँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

    सरकारले नेकपासँग वार्ता गर्ने निर्णय गर्दै टोली नै बनाइसके पनि विद्रोही नेकपामाथि प्रतिबन्ध भने हटाएको छैन। यस्तै पार्टीका नेता कार्यकर्ता गिरफ्तार गर्न पनि रोकेको छैन । फागुन १६ गते नेकपाका सर्लाही–महोत्तरी इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमल शुसलिङ्गलाई गिरफ्तार गरेको थियो । ओली नेतृत्वको सरकारले २०७५ साल चैत्र २८ गते विद्रोहो नेकपामाथि राजनीतिक प्रतिबन्ध लगाएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ