• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    इटहरीमा रणनीतिक मोर्चाको कार्यक्रम सम्पन्न, ओलीलाई कर्णेल गद्दाफी बनाइदिने चेतावनी

    1.7K
    SHARES

    काठमाडौँ । विप्लव, बैद्यसहितका ४ कम्युनिष्ट पार्टीको संयुक्त रणनीतिक मोर्चाको आयोजनामा सुनसरीको इटहरीमा बिशाल सभा सम्पन्न भएको छ । सभामा मोर्चा सम्बद्ध शिर्ष ४ वटा पार्टीका साथै अन्य केहि स्वतन्त्र बाम बुद्धिजिबी नेताहरुको समेत सहभागिता रहेको थियो।

    सभालाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, बैज्ञानिक कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’, क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य हरिभक्त कडेल, विप्लव नेतृत्वको नेकपा नेतृ धिरिन्दा कुमारी उपाध्याय, देशभक्त प्रगतिशील मन्चका सुरेन्द्र कार्की, स्वतन्त्र बाम बुद्धिजिबी महेन्द्र बस्नेत’ मधेशी मुक्ति आन्दोलनका नेता महेश यादबलगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ऋषि कट्टेलले आजै मात्र सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने घोषणा गरेको प्रसङ्ग कोट्याउदै सरकारले वार्ता मार्फत कुनै सड्यन्त्र नगर्न ओली सरकारलाई चेतावनी दिएका छन् । उनले प्रतिबन्ध नै फुकुवा नगरी वार्ता समिति बनाएकाले शंका गर्ने ठाउँ रहेको धारणा ब्यक्त गरेका छन्। उनले सरकारले तत्काल नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र राजनीतिक बन्दिहरुलाई बिना सर्त रिहा गर्नुपर्ने अनि मात्र वार्ताको प्रक्रिया अगाडी बढ्ने बताएका छन्।

    यदि सरकारले वार्ताको नाममा सड्यन्त्र गरे ओलीको दमनकारी रणनीतिलाई संयुक्त मोर्चाका सबै घटक र आम जनसमुदायले उनका सारा कुकृतिहरुलाई परास्त गरिछाड्ने बताएका छन् । उनले ओलीलाइ शक्तिको भरमा जनतालाई निरन्तर दमन गर्ने दुष्प्रयास नगर्न समेत चेतावनी दिएका छन् । यदि शक्तिको भरमा जनतामाथि दमन गर्ने दुस्प्रयास गरेभने ओलीलाई लिबियाका कर्णेल गदाफीको हालतमा पुर्याउनुपर्ने बाध्यता आउँन सक्ने भन्दै आफुलाई त्यो बाटोमा जान बाध्य नपार्न पनि चेतावनी दिएका छन् ।

    नेकपासँग वार्ताको नाटक गरेर ओलीले कुनै सड्यन्त्र गरे भने रणनीतिक संयुक्त मोर्चाले त्यसलाई प्रतिकार गर्ने बताएका छन् । नेपालमा भारतीय र अमेरिकनहरुको दिजाइनमा ठुल्ठुला सड्यन्त्र भइरहेको र त्यसको गोटीका रुपमा केपी ओली अगाडी आएको भन्दै ओली प्रवृतिलाई सबैले मिलेर परास्त गर्नुपर्ने बेला आएको बताएका छन् ।

    यस्तै बैज्ञानिक समाजवादी पार्टी नेपालका संयोजक आहुतीले ओली सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने नाटक गर्न खोजेको भन्दै सरकारले यो पटक त्यसरी नाटक गरेको खण्डमा जनताले ओली सरकारलाई नै प्रतिबन्ध लगाईदिने बताएका छन् । यस्तै आहुतीले असफल संसदीय व्यवस्थाले खडा गरेको संकटमा कारण ओली प्रचण्डहरुको पार्टी फुटेको र आफै सडकमा एक अर्कालाई गालि गर्ने अबस्थामा पुगेका बेला आफ्नो सत्तामाथिको संकट टार्नका निम्ति प्रतिबन्धित पार्टीसँग वार्ता गर्ने नाटक गर्न चाहेका बताएका छन् ।

    यदि ओली सरकारले त्यसो गर्न खोजेको भए आफु सम्बद्ध रणनीतिक मोर्चा र आम नेपाली जनताले त्यसलाई कदापी सफल हुन् नदिने बताएका छन् । एउटा राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउनु नै अपराध भएकाले प्रतिबन्ध फुकुवा नगरिकन नै वार्ताको नाटक गरिन्छ भने यसमा शंका गर्ने ठाउँ रहेको उनले बताएका छन् । आफ्नो संकटलाई टार्नका निम्ति र जनतासँग साखुल्ले पल्टिनका निम्ति वा देखाउनका निम्ति मात्रै वार्ता टोली गठन गरिएको छ भने त्यस्तो नाटक गर्नेहरुलाई सजयाको कठघेरमा उभ्याउने बताएका छन् ।

    यस्तै दुश्मनले वार्ताको नाटक गरेर कुनै पनि झोलामा फसाईदिन सक्ने र पार्टीले नेपाली जनताका पक्षमा लिदै आएका अडानहरुलाई तुहाइदिन सक्ने भन्दै सम्पूर्ण जनताको सुझाब साथ सहयोगमा नेपाली जनताका मुद्दामा केन्द्रित रहेर वार्ता गर्न नेकपालाई अपिल समेत गरेका छन् । यस्तै उनले यो रणनीतिक मोर्चा भनेको ४ पार्टीको मात्र मोर्चा नभएर यो देशको संसदीय ब्यबस्थाबाट असन्तुष्ट सम्पूर्ण नागरिकको मोर्चा हुने बताएका छन् ।

    यस्तै क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य हरिभक्त कडेलले ओलीले आफ्नो आन्तरिक अन्तरबिरोध हल गर्न नसकेर विप्लवसँग वार्ताको नौटंकी गरेको बताएका छन् । यसै ओली प्रचण्डको अन्तरविरोधका कारण नेपाली जनताले दुख पाउदै गइरहेको अबस्था भएकोले अब यो व्यवस्थाका बिरुद्ध बैकल्पिक सत्ताको निम्ति अर्को बाटोमा अघि बढ्नुपर्ने परिस्थिति खडा भएको बताएका छन् ।

    उनले साम्राज्यवादी व्यवस्थाले विश्वभर कही पनि श्रमजिबि जनताको आधारभूत आबस्यकता पुरा गर्न सकेको उदारण नभएकाले नेपाल त्यसको अपबाद हुन नसक्ने र नेपालमा झन् दलाल संसदीय व्यवस्थाका रुपमा स्थापित भैसकेको संसदीय प्रणालीले हल गर्ला भनेर भ्रममा पर्नु भन्दा जनवादी र बैज्ञानिक समाजवादी व्यबस्थाको निम्ति संघर्ष गर्नुपर्ने बताएका छन् ।

    यस्तै नेकपा नेतृ धिरिन्दा उपाधयायले अहिलेको दलाल संसदीय व्यवस्थाले नेपालका महिलाहरुको हित र अधिकार स्थापित गर्न नसक्ने बताउदै अहिले संबिधानमा ब्यबस्था भएको ३३ प्रतिशत अधिकारको कुरा पनि कागजमा मात्र सिमित भएको बताइएकी छन् । आफुहरुले अधिकार न्याय र स्वतन्त्रताका लागि आवाज उठाउँदा प्रतिबन्धित हुनुपरेको भन्दै दलित आदिवासी जनजाती र मधेशी महिलाहरुको हितका निम्ति अहिलेको व्यवस्थाका बिरुद्ध बैकल्पिक ब्यबस्था स्थापना गर्ने आन्दोलनमा अघि बढ्नुपर्ने बताएकी छन् ।

    उनले अहिलेको व्यवस्थाले महिलाहरुलाई सम्पत्ति बिहिन बनाएर, अधिकार बिहीन बनाएर नारीहरुलाई नाङ्गो बनाएर मनोरन्जनको साधन बनाइएको र साधन स्रोत र सत्तामा महिलाहरुको पहुच नहुने बाताबरण बनाएर शरीर बेचेर जिविका पाल्नुपर्ने बाध्यात्मक अबस्थामा पुर्याउने यस पप्रकारको व्यवस्थाका बिरुद्ध लड्नुको विकल्प नभएको बताइन । निर्मला पन्तदेखि भागरथी भट्टसम्मका बलात्कारका घटनामा राज्य गम्भीर भएर नलागेको भन्दै उनले कडा आक्रोश ब्यक्त गरेकी छन् ।

    गत माघ २९ गते काठमाडौँमा घोषणा भएको संयुक्त रणनीतिक मोर्चाले यसअघि फागुन ६ गते बुटवल र १४ गते धनगढीमा सभा सम्पन्न गरिसकेको छ । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् । मोर्चामा बिस्तारै अरु बामपन्थी पार्टी र समूहहरु पनि जोडिदै गइरहेको मोर्चाले बताएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया