• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    ताप्लेजुङका आगलागी पीडितलाई यथाशीघ्र राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

    350
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिमको न्यूनिकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचनाको विकास गर्नुपर्ने खाँचो महसुस गरेको छु ।’ दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेको प्रहरीको भनाइ छ ।

    यस्तै नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    मंगलबार विज्ञप्ति जारी गर्दै ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा भएको आगलागीबाट ठूलो भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरेका हुन् । उनले आगलागी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनस्र्थापनाका लागि सहयोग उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया