• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विप्लवसँग वार्ता गर्ने सरकारको निर्णय, गृहमन्त्री थापासहित को-को छन वार्ता टोलीमा ?

    1K
    SHARES

    काठमाडौँ । एकातर्फ वार्ताको हल्ला फिजाएर अर्कोतर्फ बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता भकाभक गिरफ्तार गर्ने अराजनीतिक नीति अपनाएको ओली सरकारले अन्तत: विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने निर्णय गरेको छ ।

    सरकारले मङ्गलबार बिद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपासँग वार्ता गर्न समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

    सरकारका प्रवक्ता पार्वत गुरूङले वार्ता टोली गठन गरिएकोबारे एक प्रेस बिज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् । यस्तै यता बिद्रोही नेकपाले पनि वार्ता टोली गठन गरेर वार्तामा बस्नका लागि के-के बिषय उठाउने, सरकारसँग कुन-कुन माग राख्ने लगायतका बिषयमा छिट्टै टुंगो लगाउने नेकपा स्रोतले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ ।

    यसअघि नेकपाका पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले नेकपासँग वार्ता गर्नेबारे सबै तिर चर्चा भएको थियो । यहि चर्चाकाबीच सरकारले मंगलवार वार्ता समिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक नेकपासँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

    सरकारले नेकपासँग वार्ता गर्ने निर्णय गर्दै टोली नै बनाइसके पनि विद्रोही नेकपामाथि प्रतिबन्ध भने हटाएको छैन। यस्तै पार्टीका नेता कार्यकर्ता गिरफ्तार गर्न पनि रोकेको छैन । फागुन १६ गते नेकपाका सर्लाही–महोत्तरी इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमल शुसलिङ्गलाई गिरफ्तार गरेको थियो । ओली नेतृत्वको सरकारले २०७५ साल चैत्र २८ गते विद्रोहो नेकपामाथि राजनीतिक प्रतिबन्ध लगाएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया