• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्डले मन्त्री बनाइदिने अफर दिएको समाचार आएपछि सांसद श्रेष्ठले दिए यस्तो प्रतिक्रिया

    1.6K
    SHARES

    काठमाडौँ । केपी शर्मा ओली पक्ष नेकपा तनहुँका सांसद कृष्णकुमार श्रेष्ठले प्रचण्डले आफूलाई मन्त्री बनाइदिने भनेर आएको समाचारप्रति आपत्ति जनाएका छन् । उनले मंगलबार एक दैनिक पत्रिकामा ‘तानातानमा सांसद’ शीर्षकमा प्रकाशित समाचारमा आफ्नो नाम जोडेर उल्लेख गरिएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    सांसद श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई मन्त्री पदको आश्वासन आएको कुरा झुटो भएको बताएका छन् । उनले प्रतिनिधिसभाको पुनःस्थापना पछि नेकपाको विवाद संसदीय दलमा प्रवेश गरेको र सम्पूर्ण सांसदहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका वरिष्ठ नेताहरूले फोन गर्नु र भेट्न खोज्नु सामान्य कुरा भएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘समाचारमा उल्लेख गरिए अनुसारको यो समुह वा त्यो समूहले मन्त्री पदको आश्वासन दिएको भनेर आएको समाचारमा कुनै विश्वसनीयता छैन । मसँग कुनै पनि प्रतिक्रिया नलिइकन अनुमानको भरमा राखिएको विषयवस्तुप्रति मेरो गम्भीर असहमति रहेको जानकारी गराउँदछु ।

    उक्त समाचारको कारणले कुनै भ्रममा नपर्न र म जहिले पनि पार्टी एकताको पक्षमा रहेको जानकारी गराउँदै पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायित्वको अभियानमा पनि सधैं लागिरहने प्रतिबद्धता जनाउँछु ।’

    नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ- प्रचण्ड

    नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको आधिकारिकता र सूर्यचिह्न आफूहरुले पाउने दावी गरेका छन् । उनले निर्वाचन आयोगले केही दिनभित्रै गर्ने उक्त निर्णय आफ्नो पक्षमा आउने दावी समेत गरे ।

    सोमबार सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता र सूर्य चिन्ह पनि आफैले पाउने बताए । ‘कोही भ्रममा पर्नु पर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’, प्रचण्डको दावी छ । उनले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए ।

    उनले निकै ठुलो लक्ष्य र सपना बोकेर राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्याय आवश्यक छ भन्ने महशुस गरेर नै दुई ठुला कम्युनिस्ट पार्टीबीच गठबन्धन गर्दै पार्टी एकता गरेपनि ओलीका कारण त्यो दिशामा धक्का लागेको बताए । उनले विचार र राजनीतिका कार्यक्रमका आधारमा नै गठबन्धन हुदै एकता गरिएपनि ओलीले पार्टी निर्णय नमानेर समस्या सिर्जना भएको दावी गरे ।

    ‘सत्ताप्राप्ति र कुर्सी प्राप्तिका लागि ओली जे पनि सम्झौता गर्दिने तर सत्ता प्राप्तिपछि सवै कुरा छोड्ने प्रवृतिको मान्छे हुनुहुँदोरहेछ । सत्ता प्राप्तिका लागि पहिला एमाले विघटन र जबज त्याग्ने पनि केपी ओली नै हो’, प्रचण्डले भने,‘यसले उहाँमा इमान्दारीता र निष्ठा रहेन । उहाँले पार्टीका स्थायी समिति र केन्द्रीय कमिटीका निर्णयलाई पनि लत्याउनुभयो’प्रचण्डको भनाइ छ ।

    ‘आफ्नो प्रस्ताव खारेज भएपछि राजीनामा दिनुपर्नेमा हामी झन बलियो भयौँ भनेको सुनिन्छ । यस्तो पनि हुन्छ कहीँ ? राजीनामा दिनु त कता हो कता ? उल्टै उहाँ आफै पार्टी सदस्य पनि हुनुहुन्न कारवाही गर्दै हिँड्नुहुन्छ’ प्रचण्डले ओलीको कटाक्ष गरे । उनले छिटै नयाँ सरकार बन्ने भन्दै उक्त सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिने कुरामा आफू ढुक्क रहेको बताए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया