• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    इटहरीमा विप्लवसहितका ४ दलको जनसभा सुरु हुँदै, सञ्चारकेन्द्रबाट प्रत्यक्ष प्रशारण (LIVE) हुँदै

    2K
    SHARES

    काठमाडौँ । ४ वटा कम्युनिष्ट पार्टीले निर्माण गरेको रणनीतिक संयुक्त मोर्चाले इटहरीमा आयोजना गरेको कार्यक्रम केहि बेरमा सुरु हुँदै छ । उक्त कार्यक्रमको नेपालको एक मात्र जनपक्षीय अनलाइन मिडिया सञ्चारकेन्द्र डटकमले प्रत्यक्ष प्रशारण गर्दै छ । कार्यक्रम अबधिभर सञ्चारकेन्द्र डटकमले आफ्नो फेसबुक पेज र अनलाइनबाट एक साथ प्रत्यक्ष प्रशारण गर्ने छ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको बिद्रोही नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले निर्माण गरेको रणनीतिक संयुक्त मोर्चाले आयोजना गरेको सभामा मोर्चामा आबद्ध पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ ।

    मोर्चाले यसअघि फागुन ६ गते बुटवल र १४ गते धनगढीमा सभा सम्पन्न गरिसकेको छ । बुटवल र धनगढीको सभामा बिशाल जनमानसको सहभागिता भएको मोर्चाले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ । आज इटहरीमा हुन लागेको जनसभामा पनि हजारौं जनताको सहभागिता रहने आयोजनाकले बताएको छ ।

    मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।

    रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, पूर्ण सिंह, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । पछि दुइ जना थपिने नेताहरुले बताएका छन् । मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । साथै प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत मोर्चाको समिति गठन गरिने छ ।

    नेपालमा जनवादी राज्यसत्ता स्थापना हुँदै बैज्ञानिक समाजवाद स्थापना लिने लक्ष राखेको मोर्चाले पार्टी एकता गरेर अगाडी बढ्ने अधिकतम लक्ष राखेको छ । मोर्चाले हाल केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको राजनीतिक प्रतिबन्ध फुकुवा गरि खुला राजनीतिक गर्ने बाताबरण बनाउन माग गर्दै आइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया