• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    तोलामा १७०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    1K
    SHARES

    काठमाडौं । सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।

    सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।

    यस्तै साताको दोस्रो दिन हिजो सोमबार शेयर बजारमा हरियाली छाएको छ । आइतबार चार महिनायता सबैभन्दा धेरै घटेको शेयर बजार सोमबार ४० दशमलव ६४ अंकले बढेको हो । अंकको वृद्धिपछि नेप्से २५१५ अंकमा कायम भएको छ ।

    योसँगै नेप्से २ हजार ५ सय १५ दशमलव ३ अंकमा बन्द भएको छ । सोमबार उपसमूहका शेयरमा पनि हरियो बलेको छ । सोमबार शेयर बजारमा ५ अर्ब ६९ करोड २३ लाख भन्दा धेरै रकमको कारोबार भएको छ । आज शेयर बजारमा २ सय ९ वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिद विक्री भएको थियो ।

    आज चन्द्रागिरि हिल्सको शेयर सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ । आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंक शेयर कारोबार सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको ४४ करोड रुपैयाँको कारोबार हुँदा शेयर मूल्य ५२९ रुपैयाँ बढेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया