• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ममाथि खतरा छ, शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला- प्रधानमन्त्री ओली

    636
    SHARES

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्र’हार भएको बताए ।

    ‘सम्पूर्ण रुपले ममाथि प्र’हार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले भने । उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।

    प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’
    प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए ।

    प्रचण्ड-नेपाललाई सच्चिने यो अन्तिम अवसर- गृहमन्त्री बादल 

    नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्याउन प्रचण्ड-नेपाल समूहलाई आग्रह गरेका छन् । उनले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर भएकोसमेत बताए ।

    पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर उहाँहरुले सरकारलाई अपदस्थ गर्न खोज्नु भएको छ । त्यसलाई गल्ती ठानेर, अविश्वासको प्रस्तावलाई विथड्रल गरेर पार्टीलाई फेरि एकताबद्ध गर्ने अवसर उहाँहरुलाई छ ।’

    प्रचण्डको साथ छोडेर ओली समूहमा लागेका थापाले भने, ‘तपाईंहरुलाई सच्चिने यो अन्तिम अवसर पनि हो । तपाईंहरु सच्चिनुस् । तपाईंहरु गलत बाटोबाट हिँडिरहनु भएको छ ।’ गत भदौ २६ गते स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा गरेको निर्णयमा फर्किन थापाले प्रचण्ड–माधव समूहलाई आग्रह गरे ।

    ‘पार्टी एकताको निम्ति भाद्र २६ गतेको स्थायी कमिटीको बैठकले जुन निर्णय गरेको छ, एकताको पक्षमा, रुपान्तरणको पक्षमा, समृद्धिको पक्षमा आत्मआलोचनासहित भाद्र २६ गतेको त्यो निर्णयलाई तपाईंहरुले कार्यान्वयन गर्नुस् र पार्टीलाई फेरि एकताबद्ध गराउन योगदान गर्नुस्,’ थापाले भने ।

    उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट देश अस्थीरतामा धकेलिएको जिकीरसमेत गरे । ‘यो देशको स्थायीत्वको पक्षमा अदालतको निर्णय भएको छैन । यो निर्णयले देशलाई अस्थीरतामा धकेलेको छ । यो अस्थीरता त हामीले देखिसक्यौं,’ थापाले भने ।

    अदालतको फैसलाले अवसरवादीहरुलाई सच्चिने मौका दिएकोसमेत उनले बताए । आफ्ना गल्तीहरुलाई स्वीकार गरेर फेरि पार्टीमा एकताबद्ध हुने अवसर आएको उनको भनाइ छ ।

    अब संघर्ष अदालत र सडकबाट संसदमा प्रवेश गरेको भन्दै उनले संसदमा आफूहरु नै विजयी हुने जिकिरसमेत गरे । ‘यो नयाँ मोर्चामा हामीले विजय प्राप्त गर्ने छौं, हामीले विजय प्राप्त गर्नैपर्छ,’ उनले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया