• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक, पहिलो नम्बरमा कुन देश ?

    0.9K
    SHARES

    काठमाडौं । दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययन अनुसार दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको देखाएको हो । अध्ययनमा माल्दिभ्सको बारेमा भने कुनै उल्लेख गरिएको छैन ।

    ग्लोवल पिस इन्डेक्स २०२० अनुसार यस क्षेत्रको पहिलो शान्त मुलुक भुटान हो भने सबैभन्दा धेरै अशान्त मुलुक अफगानिस्तान हो । सो संस्थाको विश्वव्यापी श्रेणीमा भुटान १९ औं स्थानमा रहेको छ भने नेपाल ७३ औं स्थानमा छ । सन् २०१९ मा नेपाल ७६ औं स्थानमा थियो ।

    दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १३९ औं, पाकिस्तान १५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १६३ औं स्थानमा रहेका छन । समग्रमा सन् २०२० मा दक्षिण एसियामा शान्तिको वातावरणमा केही खल्बलिएको सो अध्ययनले उल्लेख गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया