• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गो’ली चलायो, २ जनाको मृत्यु

    1.5K
    SHARES

    सैनिक शासनविरूद्ध प्रदर्शन गरिरहेका नागरिकमाथि म्यानमारमा प्रहरीले गो’ली चलाएको छ । आइतबार(आज) प्रहरीले आन्दोलनकारीमाथि चलाएको गोली लागेर कम्तिमा दुई जनाको मृत्यु भएको र अरू दर्जनौं घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    यंगुनका विभिन्न स्थानमा अश्रु ग्यास प्रहार गर्दा पनि भीड तितरबितर नभएपछि प्रहरीले गो’ली चलाएको समाचारमा जनाइएको छ ।
    सीएनएनका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । फेब्रुअरी १ मा भएको सैनिक कूको विरोधमा काम छोडेका चिकित्सकहरू आन्दोलनकारी घाइते भएपछि उनीहरूको उपचार गर्न इमरजेन्सी वार्डमा गएका छन् ।

    प्रहरीले देशका अन्य भागमा पनि आन्दोलन दबाउन गो’ली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि नै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गो’ली लागेर तीन जना प्रदर्शनकारीको मृ’त्यु भइसकेको छ ।

    प्रजातान्त्रिक तरिकाले चुनिएका आङसाङ सुकी लगायतका नेतालाई हटाएर शासन हातमा लिएको सेनाले प्रजातन्त्रको पक्षमा आन्दोलनहरु हुन थालेसँगै हिंश्रक कारबाहीलाई अगाडि बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    हाँस्दा हाँस्दै नदीमा हाम फालेर विवाहिता महिलाले गरिन आ-त्मह’त्या 

    भारतको गुजरातको अहमदाबादमा एक विवाहिताले साबरमती नदीमा हाम फालेर आ’त्मह’त्या गरेकी छिन् । उनले आ’त्मह’त्या अघि खिचेको एउटा भिडियो सोसल मिडियामा सेयर गरेकी छिन् जसमा उनले आफूले जति पनि जीवन पाएको त्यो निकै चैनको भएको बताएकी छिन् । अब आफूले भगवान भेट्न चाहेको उनले बताएकी छिन् । घटनापछि घटनास्थल पुगेको प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।

    आयशाले आफ्नो भिडियोमा भनिन्, ‘हेलो, मेरो नाम आयशा आरिफ खान हो । म जे पनि गर्दैछु त्यो आफ्नै मर्जीले गर्दैछु । यसमा कसैको पनि दबाब छैन । यो बुझ्नुहोस् कि भगवानले दिएको मेरो जीवन यत्ति नै थियो र मैले मेरो जीवन निकै चैनको पाएँ । र ड्याडी, कहिलेसम्म लड्नुहुन्छ ? मुद्दा फिर्ता लिनुहोस् ।’

    आयशाले थपेकी छिन्, ‘एउटा कुरा राम्रोसँग सिकेकी छु । प्रेम गर्नु छ भने दुईतर्फी गर किनभने एकतर्फीले केही हासिल हुँदैन । प्रेम त विवाह पछि पनि अधुरो नै रहन्छ । हे प्रेमपूर्ण नदी, म प्रार्थना गर्छु कि तिमीले मलाई आफूसँगै सम्मिलित गर र मेरो पिठ्यूँ पछाडि जे जति हुन्छ, कृपया धेरै बखेडालाई निम्तो नदेउ ।’

    ‘म हावासरह छु, मात्र बहिरहन चाहन्छु । कसैका लागि नरोकिउ । म खुसी छु कि आजको दिन जुन प्रश्नको जवाफ चाहिएको थियो त्यो पाएँ र मैले जसलाई जे भन्नु थियो, त्यो भनिसकेकी छु । धन्यवाद । मलाई आफ्नो प्रार्थनामा राख्नुहोस् । थाहा छैन, स्वर्ग पाउँछु कि पाउँदिनँ । अलविदा ।’

    अहमदाबादमा बस्ने व्यावसायिक रुपमा टेलरको काम गर्ने आयशाका पिता लियाकत अलीका अनुसार उनकी छोरीको विवाह सन् २०१८ मा जालौर (राजस्थान) मा बस्ने आरिफ खानसँग भएको थियो । पिताको आरोप अनुसार विवाहलगत्तै देखि उनलाई दाइजोका लागि प्रताडित गर्न थालिएको थियो ।

    लियाकत अलीका अनुसार पैसा दिएपछि पनि आरिफको परिवारको लोभ बढ्दै गयो । केही महिना अघि आरिफले पुनः आयशालाई अहमदाबाद छोडेर गएका थिए । आरिफले आयशालाई फोनमा समेत कुरा गर्दैनथे । केही दिन अघि आयशाले रिसमा आत्महत्या गर्ने धम्की दिएकी थिइन् । यसमा आरिफले ‘मर्नु छ भने गएर मर’ भनेपछि उनी थप तनावमा परेको पिताले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ