• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    विप्लवले हस्ताक्षर गरेको सम्मान पत्र पाएपछि भावुक बने लमजुङका सहिद परिवार, पठाए यस्तो सन्देश

    535
    SHARES

    काठमाडाैं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद सप्ताहको अवसरमा जिल्लाका विभिन्न सहिद तथा बेपत्ता परिवारजनलाई सम्मानपत्र  हस्तान्तरण एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    शनिबार नेकपा जिल्ला इन्चार्ज आक्रोशले पार्टी महासचिव विप्लवद्वारा हस्ताक्षरित सम्मान पत्र सहिद तथा बेपत्ता परिवारजनलाई हस्तान्तरण गरेका हुन् । सम्मान पत्र पाएपछि सहिद आसलाल गुरुङका बुबा खुसिमान गुरुङले विप्लवले क्रान्तिको झण्डा उठाएकोमा खुसी व्यक्त गरेका थिए ।

    गुरुङले प्रचण्ड बाबुरामले गद्दारी गरेपछि विप्लवले आन्दोलनको उठान गर्दा धेरै सहिद तथा बेपत्ता परिवारलाई आशा बढेको संदेश उनले विप्लालाई पठाएका छन् । सहिद आसलाल गुरुङकी श्रीमती मधु अधिकारी प्रचण्डसमुहकी जिल्ला अध्यक्ष छिन ।

    जिल्ला पार्टीको आयोजनामा वितरित सम्मान पत्र जिल्लाका विभिन्न ठाउँमा युद्धकालमा सहिद भएका परिवारलाई वितरण गरिने कार्यक्रम रहेको जिल्ला ईन्चार्ज आक्रोसले बताए । सहिद सप्ताको अवसरमा बिद्रोही नेकपाले देशभर बिभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ