• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update अन्तराष्ट्रिय

    पुनः फैलिदै कोरोना, एकैदिनमा साढे ११ हजार संक्रमित

    866
    SHARES

    काठमाडौँ । रुसमा कोरोनभाइरसबाट थप ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५३४ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा बढी हो । अघिल्लो दिन ११ हजार ८७ जना सङ्क्रमित भएको तथ्याङ्क छ ।

    योसँगै रुसमा शनिबारसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४२ लाख ३४ हजार ७२० पुगेको अधिकारीहरुले जनाएका छन् ।नयाँ सङ्क्रमित मध्ये राजधानी मस्कोमा मात्रै एक हजार ८२५ जना रहेका छन् । मस्कोमा अघिल्लो दिन त्योभन्दा थोरै अर्थात एक हजार ३३६ जना सङ्क्रमित भएका थिए ।

    मस्कोपछिको धेरै सेन्ट पिटर्सवर्गमा सङ्क्रमित भेटिएका छन् । त्यहाँ ९५१ जना सङ्क्रमित भएको तथ्याङ्कमा उल्लेख छ । रुसमा कोरोनाभाइरसका कारण अहिलेसम्म ८५ हजार ७४३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    यस्तै पछिल्लो २४ घन्टामा बेलायतमा ४४५ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । केहिदिनयता मृ’तक संख्यामा निरन्तर कमी आउँदै गएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कुल मृ’तक संख्या एक लाख २० हजार ३६५ पुगेको छ ।

    यसैगरी बितेको २४ घन्टामा १० हजार ४०६ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ सिसाल केयर’ को तथ्याँकमा उल्लेख छ । थपिएसँगै नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ । विगत केहि दिनयता संक्रमण दरमा केहि कमी आएको ताथ्यांकले देखाएको छ ।

    हाल जारी लकडाउन र कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएसँगै पछिल्लो समयमा कोरोना संक्रमण र मृत्यु दरमा कम आएको अधिकारीहरुले बताएका छन् । बेलायतको अस्पतालमा बढेको अत्यधिक चाप पनि अहिले निकै कम भएको छ ।

    अघिल्लो महिना अस्पतालमा उपचार गराउनेको संख्या ४० हजार नाघेकोमा अहिलो यो संख्या घटेर १८ हजार ४६२ पुगेको छ ।यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि करिब एक तिहाइ घटेर दुई हजार ४६९ मा झरेको छ ।

    एक करोड ७२ लाख बढीले लगाए खोप

    बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७२ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । गतवर्ष डिसेम्बर १२ तारिखबाट शुरु गरिएको खोप अभियानलाई मध्य फेब्रुअरीसम्म १.५ मिलियनलाई खोपको पहिलो डोज दिइसक्ने सरकारको लक्ष्य पूरा भएको छ ।

    बिहीबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ७२ लाख ४७ हजार ४४२ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख ४ हजार ८८५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् ।

    हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिंदैछ । हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतलाई प्राथामिकतामा नै राखिएको छ ।

    यस्तै उता संयुक्त राज्य अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

    अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति दिएको हो। जोन्सनको खोप एक डोजमात्र लगाए पुग्छ। यसअघि अनुमति पाएका खोपहरू दुई डोज लगाउनु पर्ने थिए।

    जोन्सनले विश्वभरि ४४ हजार मानिसमा खोपको परीक्षण गरेको थियो। त्यसबाट खोप ६६ प्रतिशत प्रभावकारी देखिएको थियो। यो खोप लगाएपछि संक्रमण भए पनि अस्पतालमा भर्ना हुनु पर्ने र मृत्यु हुनेको संख्या शून्य थियो।

    एक डोजमात्रै लगाउँदा हुने र सामान्य फ्रिजको तापक्रममै राख्न सकिने भएकाले संसारभरिका देशमा जोन्सनको खोपप्रति आकर्षण हुने बताइएको छ।

    अमेरिकाले जोन्सनको १० करोड डोज भ्याक्सिन किनेको छ। यही साताभित्रै ३० देखि ४० लाख खोप वितरण गर्ने उसको योजना छ। अमेरिकामा अहिलेसम्म ९ करोड डोज भ्याक्सिन लगाइएको छ। त्यसमध्ये केही दोस्रो डोज पनि छ। युरोपियन युनियनले पनि जोन्सनको खोपका डाटाहरू अध्ययन गरिरहेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया