• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रधानमन्त्री ओलीले राजीनामा दिने-नदिनेबारे सल्लाहकार विष्णु रिमालले गरे यसो खुलासा

    456
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीले राजीनामा नदिने र संसद्को सामना गर्ने प्रष्ट पारेका हुन् ।

    सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीको नैतिकताबारे प्रश्न उठ्दै गर्दा सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताए ।

    रिमालले लेखेका छन्, ‘सर्वोच्चबाट पुन:स्थापना, प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न! यी विषयमा- प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा जहॉ थियौं र अहिले पनि त्यहीँ नै छौँ। दुई प्रधानमन्त्रीहरू- मनमोहन अधिकारी र केपी शर्मा ओली, राजीनामा गर्ने कि हाउसको सामना गर्ने ? त्यो बेला जे गरेका थियौं/ भनेका थियौं, त्यसै गर्दा अहिले चॉहि नहुने किन रहेछ ? !’

    म अन्यायमा परेँ, न्यायको झण्डा बोकिदिनूस्- प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार धेरै भएपछि पार्टी एकतामा संकट पैदा भएको बताएका छन् । जाउलाखेलमा शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेको बताए ।

    न्याय र सत्यका पक्षमा बोलिदिन पनि प्रचण्डले शिक्षकहरुलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीले म माथिको प्रहार तीव्र पार्नुभयो । त्यसैले पार्टी एकतामा संकट पैदा भयो । अब तपाईंहरुले सत्य र न्यायको झण्डा बोकिदिनु पर्यो ।’

    ओलीसँग बेइमानी छलकपट बाहेकको कुनै क्षमता नभएको टिप्पणी प्रचण्डले गरे। जेलमा बस्दा पनि ओलीले चाणक्य नीतिबाहेक केही नपढेको आरोप लगाए। उनी अहिले राजनीतिमा शकुनी पात्रको रुपमा देखिएको प्रचण्डको भनाइ छ।

    उनले भने, ‘केपीको क्षमता भनेकै त्यही हो। विचार इमान्दारमा कुनै क्षमता छैन। बेइमानी छलकपट बाहेक केही क्षमता छैन। जेलमा चाणक्य नीतिबाहेक केही पढेन छन् । शकुनी उनलाई धेरै मनपर्छ। शकुनी उनको मनपर्ने पात्र हो। त्यसैले शकुनीको भूमिकामा छन् उनी।’

    शिक्षकलाई संगठित हुनबाट ओलीले रोकेको आरोप लगाउँदै प्रचण्डले पार्टी एकता नभए पनि शिक्षक संगठन एकता नहुनुको दोषी ओली भएको बताए । ओली सँगको लडाइ अदालतको फैसलासँगै जितिएको प्रचण्डको भनाइ छ ।

    आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमतिबाट ओली पछि हटेको तथा समाजवाद उन्मुख पार्टीको अवधारणा बनाउन हस्ताक्षर गर्ने पहिलो नेता पनि ओली नै भएको प्रचण्डको टिप्पणी छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया