• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली समूहको प्रमुख सचेतकमा विशाल भट्टराई

    409
    SHARES

    काठमाडौं । नेकपा ओली समूहले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको हो ।

    नेकपाको ओली र प्रचण्ड माधव पक्षले जिम्मेवारी हेरफेरलाई तीव्र पारेका छन् । यसैबीच सर्वोच्च अदालतले यही फागुन २० गते नेपाल कम्युनिष्ट पार्टीका संयोजक रहेका ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्दैछ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नयाँ पार्टी बनाउने क्रममा आफ्नो दलसँग नाम मिल्ने गरी बनाएको भनेर कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसअघि उनले निर्वाचन आयोगमा आफ्नो पार्टीसँग नाम जुध्ने गरी अर्को दल दर्ता गरेको भनेर उजुरी गरेका थिए तर आयोगले कार्तिक ९ गते खारेज गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

    अदालतमा विचाराधीन सो मुद्दाको अन्तिम फैसला यही फागुन २० गते हुन लागेको हो । रिट दायर गरेको झन्डै साढे २ वर्षपछि सर्वोच्चले फैसला गर्न लागेको यो मुद्दाको खास अर्थ रहेको छ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली एकातिर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्कोतिर रहेर नेकपाको आधिकारिकता आफ्नो पक्षमा दावी गरिरहेका छन् ।

    यसबारेको विवाद निर्वाचन आयोगले टुङ्ग्याउन सकेको छैन । यदी २० गतेको फैसला ऋषि कट्टेलको पक्षमा भयो भने ओली तथा प्रचण्ड नेपाल पक्षले छुट्टै दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ । उनीहरुको स्वामित्वमा नेकपा नै नरहेपछि उनीहरु कि नयाँ दल दर्ता गर्ने वा पुरानै दलमा फर्कनुपर्ने हुन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया