• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा सांसद

    867
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्।

    फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल–नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ।

    प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन्। ओली समूहले संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ। दाहाल–नेपाल समूहले संसद्मा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन्त्री ओली त्यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली पक्षसँग अब एकता हुन नसक्ने बताएका छन्। प्राइम टेलिभिजनमा ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ओली समूहसँग कुनै पनि हालतमा अब एकता हुन नसक्ने बताएका हुन्।

    ‘केही मान्छेलाई बोलाउँदै अब प्रचण्डलाई ध्वस्तै पार्दै भन्दै हुनुहुन्छ । संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्डलाई ध्वस्तै पार्छु भन्दै हुनुहुन्छ। उहाँसँग कसरी पार्टी एकता हुन सक्छ ?,’ प्रचण्डले भने।

    उनले अन्य पार्टीसँग समझदारीका साथ काम गर्ने उल्लेख गरे। संवादकै क्रममा उनले आफूले कुनै विलासी जीवन नबिताएको बताए । उनले आफूले यस्तो आरोप नस्वीकार्ने पनि बताए । उनले भने, ‘मेरो श्रीमतीको हालत कुन अवस्थामा छ, दुनियालाई थाहा छ । के म विलासी जन बाँच्न सक्छु ?’

    उनले पछिल्लो राजनीतिक अवस्था आउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै गल्ती नभएको बताए । उनले यस विषयमा आफूहरूले पनि आत्मसमीक्षा गर्नुपर्ने बताए ।

    प्रचण्डले पार्टी आधिकारिकताको विवाद केही दिनभित्रै टुंगिने विश्वास व्यक्त गरे । उनले आफूहरुको पक्षमा बहुमत रहेको भन्दै अब निर्वाचन आयोगले केपी ओलीलाई अर्को पार्टी खोलेर जान भन्न सक्ने बताए । आफूले देश, जनता र लोकतन्त्रको हितबाहेक कुनै सम्झौता नगर्ने दाबी गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया