• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    राष्ट्रपति र भ्रष्ट्राचारको बिरोध गरेको आरोप गिरफ्तार परेका व्यक्तिलाई ‘अज्ञात’ स्थानमा किन लगियो ? यस्तो छ कारण

    584
    SHARES

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी एवम् भ्रष्टाचार विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको छ ।

    नाभाल्नीलाई कहाँ लगिएको हो भन्ने कुराको जानकारी यस पटक सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनलाई अर्को कुनै जेलमा लगिएको अनुमान गरिएको छ ।

    यसै महिनाको सुरुवातमा अदालतले नाभाल्नीलाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला गरेको थियो । यसलाई राजनीतिक रुपमा प्रेरित भनिएको थियो । नाभाल्नी राष्ट्रपति पुटिनका कट्टर आलोचक हुन् ।

    गत वर्ष उनलाई साइबेरियामा झुक्याएर विष पिलाइएको थियो र एक स्वतन्त्र जाँच आयोगले रुसी एजेन्टले नाभाल्नीको ह’त्या प्रयास गरेको निष्कर्ष निकालेको थियो । गम्भीर विरामी परेर कोमामा पुगेका उनलाई जर्मनी लगेर उपचार गरिएको थियो । यसै वर्षको जनवरीमा उनी जर्मनीबाट रुस फर्किएका थिए ।

    रुस फर्किएलगत्तै उनलाई पक्राउ गरिएको थियो । रुसको एक अदालतले उनलाई तीन वर्षको कैद सजायँ सुनाएको थियो । युरोपेली युनियनका नेताहरुले नाभाल्नीसँग रुसी सरकारले गरेको व्यवहारको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया