• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका मुस्ताङ जिल्ला इञ्चार्ज पुन गिरफ्तार

    2.6K
    SHARES

    म्याग्दी । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) लाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई बिहिबार साँझ म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    इन्चार्ज पुनलाई बिहीबार साँझ नै बेनी पुर्याइएको छ । ओली सरकारले एकातिर वार्ताको भ्रम छरेर अर्कोतिर आफ्ना नेता कार्यकर्तालाई भकाभक गिरफ्तार गरिरहेको भन्दै नेकपाले आपत्ति जनाएको छ । साथै पुनलाई तत्काल रिहा गर्न माग गरेको छ ।

    यता प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई गिरफ्तार गरिएको बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ