• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    यस्तो रोग छ भने भुलेर पनि नखानुस काउली

    1.3K
    SHARES

    काठमाडौं । काउली प्राय मौसममा बजारमा पाइन्छ । प्रायः जाडो मौसममा पाइने काउली बेमौसमी तरकारीका रुपमा अन्य मौसममा पनि पाइने गरिन्छ । काउलीको तरकारी धेरैलाई मनपर्दछ । यो स्वास्थको दृष्टिकोणले पनि निकै फाइदाजनक छ । तर यहि काउलीका बेफाइदा पनि छन् ।

    काउलीले सिधै असर गर्ने भन्दा पनि केही सीमित रोगका बिरामीलाई भने यसको सेवन हानीकारक हुन्छ । कुन रोगका बिरामीका लागी काउलीको सेवन हानीकारक हुन्छ त ? जान्नुहोस् ।

    १. थाइराइड
    हाइपो थाइराइड रोगका बिरामीले काउली खानु हुदैन । काउलीमा गाइट्रोगन नामक तत्व हुने भएकाले यसले थाइराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ ।

    २. ग्याष्ट्रिक
    काउलीमा पाइने केहि पोषक तत्वहरुले पाचन प्रणाली असर पार्दछ । तर्सथ ग्यास्ट्रिक पिडित व्यक्तिले समेत काउलीको सेवन गर्नु हुदैन ।

    ३. अर्थराइटीस
    जो ब्यक्तिमा अर्थराइटीसको समस्या छ उनीहरुले पनि काउलीको सेवन गर्नुहुदैन । किनभने काउलीले पेटमा ग्यास बढाउँछ र हड्डीमा समेत पीडा उत्पन्न गराउन सक्छ ।

    ४. ब्लड क्लटिङ
    काउलीमा पर्याप्त मात्रामा भिटामिन के पाइने भएकाले ब्लड कटिङका बिरामीले समेत काउली खानु हुदैन । तसर्थ रगत गाढा बनाउनेका औषधि सेवन गर्नेहरुले काउली सेवनबाट बच्नुपर्दछ ।

    ५. स्तनपान गराउने आमा
    शिशुलाई स्तनपान गराउने आमाहरुले पनि काउलीको सेवन गर्नुहुँदैन । अन्यथा स्तनपान गराउने आमालाई ग्याष्ट्रिकको समस्या निम्तिन सक्छ ।

    आलु कसले खान मिल्छ ? कसले मिल्दैन ? 

    आलु, हाम्रो भान्सामा प्रयोग हुने आम तरकारी हो । यसको स्वाद मात्र नभई यसमा पाइने पोषणले हाम्रो शरीरमा फाइदा पुर्‍याउँछ । कतिपय मानिसहरु भने आलु खाए मोटाइन्छ भनेर आलुको सेवनबाट टाढा रहन्छन् । तर अध्ययनले के भन्छ त ?

    केही वर्षअघि भएको एक अध्ययन अनुसार आलु खादैमा मोटाइदैन । तर यसलाई तेल वा घ्यूमा तारेर भने खानु हुँदैन । यसको सट्टा आलु उसिनेर खाएमा फरक पर्दैन ।

    भारतको हर्टिकल्चर प्रोडयुस म्यानेजमेन्ट इन्सटिच्युटले सार्वजनिक गरेको अध्ययन अनुसार आलुले मोटोपना बढाउने, मधुमेह रोगीकालागि हानिकारक हुने धारणा चिर्दै आलुमा मोटोपन बढाउने तत्व कम हुने भएकाले आहारको रूपमा आलु खान मिल्ने बताएको छ ।

    अध्ययन अनुसार उमालेको वा काँचो आलुमा फ्याटको मात्रा ०.१ प्रतिशत हुन्छ, जसले शरीरको मोटोपन बढाउँदैन । आलुमा कार्बोहाइड्रेट सन्तुलित मात्रामा र फ्याटको मात्रा कम हुने भएकोले अवस्था अनुसारका मधुमेहका रोगीहरूले खान मिल्ने बताइएको छ ।

    आलुमा ७५ देखि ८० प्रतिशतसम्म पानी, २.५ देखि ३ प्रतिशत प्रोटिन, ०.६ प्रतिशत फाइबर, १६ देखि २० प्रतिशतसम्म कार्बोहाइड्रेट, ०.१ प्रतिशत फ्याट र १ प्रतिशत खनिज पदार्थ पाइन्छ । आलुमा भिटामिन र ग्लाइको अल्काइड पनि थोरै मात्रामा पाइन्छ ।

    एक सय ग्राम काँचो आलुमा ८० क्यालोरी ऊर्जा, सुकेको आलुमा ३ सय २१ क्यालोरी र यति नै मात्राको मकैमा ९६ क्यालोरी, चामलमा ३ सय ६४ क्यालोरी, गहुँमा ३ सय ३२ क्यालोरी ऊर्जा हुन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया