काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबार साँझ सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च परिसर र वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले मंगलबार यसलाई ‘हेर्दा हेर्दै’मा राखेको थियो ।
मंगलबार साँझ इजलासले सबै रिटका १३ जना निवेदकलाई बोलाएको एक रिट निवेदकले बताए । ‘हामीलाई इजलासले बोलाएको खबर आएको छ । फैसला सुनाउन हो कि किन हो थाहा छैन,’ उनले भने ।
प्रतिक्रिया