काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् । सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको ठहर गरेको थियो । र, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।
कांग्रेस नेता रिजालले भने, सुरुदेखि नै मैले संसद विघटनलाई असंवैधानिक भनेको थिएँ । आजको फैसलाले अदालतप्रति हाम्रो विश्वास गहिरो भएको छ । संविधान जोगिएको छ ।’ यद्यपि संसदले २ वर्षसम्म रहने उपादेयता भने गुमाएको उनले बताए ।
कांग्रस नेता रिजालले अघि भने, ‘संविधान नै उल्टाउन खोज्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले उहाँलाई हटाउँछ ।’ यता नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहका नेता वर्षमान पुनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् ।
उनले अदालतले जनभावना अनुसार फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया