• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    उडेके केहि मिनेटमै सैनिक विमान दुर्घटना, ६ जनाको मृत्यु, के भन्छ रक्षा मन्त्रालय ?

    499
    SHARES

    मेक्सिको सिटी । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

    मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ । सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरु गरिसकेको जनाएको छ ।

    यता भारतको महाराष्ट्रमा कोरोना भाइरस महामारीका कारण आज (सोमबार) देखि सबै किसिमका राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम आयोजनामा रोक लगाइएको छ । पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै महाराष्ट्रमा भेला हुन तथा कार्यक्रम आयोजनामा रोक लगाइएको हो ।

    मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजनमार्फत सम्बोधन गर्दै आगामी केही दिनसम्म राजनीतिक आन्दोलनको लागि समेत अनुमति नदिइने बताए । आन्दोलनका कार्यक्रममा मानिसहरुको भीड हुने भएकाले त्यस्ता कार्यक्रमका लागि पनि अनुमति प्रदान नगरिने उनको भनाइ थियो ।

    महाराष्ट्रमा कोरोना महामारी फैलन क्रम तीव्र गतिमा भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री ठाकरेले अबको १५ दिनभित्र थप स्पष्ट हुन सकिने बताए । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय औसत तुलनामा महाराष्ट्र, आन्ध्र प्रदेश, गोवा र चन्डिगढमा कोरोना संक्रमणको दर बढी रहेको छ ।

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड १० लाख बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार १९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ५ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

    भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ८३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ३८५ जना पुगेको छ ।

    भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्द १० भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

    मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ९९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५० हजार ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १३० जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । बिहीबार कोभिड १९ बाट दुई व्यक्तिको मृत्यु भएको छ ।

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २१ करोड १५ लाख ५१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र छ लाख २० हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ