• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    फेरि बढ्न थाल्यो कोरोना संक्रमण, आउन लागेको हो दोस्रो लहर?

    148
    SHARES

    कोरोनाभाइरसको संक्रमण घटेको छिमेकी भारतका चार राज्यमा पछिल्लो समय संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। टाइम्स अफ इन्डियाका अनुसार पञ्जाब, महाराष्ट्र, केरला र मध्यप्रदेशमा पाँच दिनदेखि लगातार संक्रमण बढिहरको छ।

    महाराष्ट्रमा कोरोनाभाइरसका विभिन्न भेरियन्टका संक्रमित भेटिएकै बेला अन्य राज्यहरूमा पनि संक्रमित ह्वात्तै बढेका हुन्। महाराष्ट्रको विधर्भा क्षेत्रमा नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएपछि स्थानीय अधिकारीहरूले उक्त क्षेत्रमा लकडाउन गरेर नयाँ स्वास्थ्य निर्देशिका जारी गरेका थिए।

    पछिल्ला केही महिनादेखि निरन्तर घटिरहेका कोरोना संक्रमित केही दिनयता भने बढिरहेका छन्। फेब्रअरी १६ मा भारतभर ९ हजार १२१ संक्रमित भेटिएकोमा फेब्रुअरी २० मा १३ हजार ९९३ पुगेका छन्।

    भारतमा गत सेप्टेम्बरमा एकैदिन ९७ हजार ८९४ जना संक्रमित भेटिएका थिए। राज्यहरूमा कोरोना संक्रमितहरू दिनदिनै बढ्न थालेपछि भारतमा कोरोना संक्रमणको दोस्रो लहर आउन लागेको ठानिएको छ।

    ठूलो संख्यामा कोरोनाभाइरसविरूद्धको खोप लगाइरहेको भए पनि भारतमा नयाँ भेरियन्टको कोरोनाभाइरस फैलिए अवस्था जटिल बन्ने विज्ञहरूले बताएका छन्।

    भारतमा अहिलेसम्म १ करोड ९ लाख मानिसलाई कोरोनाको संक्रमण भएको छ भने १ लाख ५६ हजारले ज्यान गुमाएका छन्। उता अमेरिकामा १ करोड ८८ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

    पछिल्लो २४ घण्टा १ लाख ३०२ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या १ करोड ८८ लाख ३ हजार ७२३ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४२८ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ७ हजार ७४६ पुगेको छ ।

    त्यहाँ पछिल्लो २४ घण्टामा ७८ हजार ६४० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८६ लाख नाघेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ