• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली सरकारसँग वार्ता गर्न तयार रहेकाे विप्लवको घोषणा, हेर्नुहोस विज्ञप्तिसहित

    2.9K
    SHARES

    काठमाडौँ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले सहज वातावरण बने सरकारसँग वार्ता गर्न तयार रहेको बताएको छ । पार्टी महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको बताएका छन् ।

    महासचिव विप्लवले विज्ञप्तिमार्फत क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि सम्बाद र बार्ताको लागि तयार रहेको बताएका हुन् ।

    महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

    पछिल्लो समय सरकारले नेकपासंग वार्ताका लागि पहल गरिरहेको छ । हेर्नुहोस विज्ञप्ति

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ