• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेश

    इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा पनि बढ्यो, कहाँ जान कति ?

    530
    SHARES

    काठमाडौँ । इन्धनमा मूल्य वृद्धि भएपछि निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाउने निर्णय गरेको हो ।

    संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन चार्ज शुल्क समायोजन गर्दै आएको छ । संघले बढाएको इन्धन चार्ज नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ।

    संघले माउन्टेन फ्याइटमा ७० रुपैयाँ, काठमाडौं–भद्रपुर ६०, काठमाडौं– विराटनगर ४५, काठमाडौं–जनकपुर २५, काठमाडौं– भरतपुर २०, काठमाडौं–पोखरा ३०, काठमाडौं–भैरहवा ४५, काठमाडौं–नेपालगञ्ज ६५, काठमाडौं–धनगढी ९०,काठमाडौं–तुम्लिङटार ४०र काठमाडौं–सिमराको उडानमा १५ रुपैयाँ शुल्क बढाएको छ।

    यसैगरी विराटनगर–तुम्लिङटार २०, पोखरा–भैरहवा २५, पोखरा–भरतपुर २५, पोखरा–नेपालगञ्ज ४५, पोखरा माउन्टेन ६०, काठमाडौं–सुर्खेत ७०, विराटनगर माउन्टेन ६५, काठमाडौं–राजविराज ४० र विराटनगर–भोजपुरको उडानका २० रुपैयाँ भाडा बढेको छ ।

    त्यस्तै नेप्से सूचकले यो साता नयाँ रेर्कड कायम गरेको छ । कारोबार रकम गत साताको तुलनामा घटेको भएपनि नेप्सेले भने यो साता नयाँ उचाई चुमेको छ ।

    यस्तै नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो दिन नेप्से घटेपनि बाँकी दिनहरुमा भने नेप्से उच्च अंकले बढेको थियो । सोही आधारमा नेप्सेले यो साता २६ सय ३६ दशमलव ६८ बिन्दुको शिखर चुम्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ८१ दशमलव ७८ अंकको शिखर चुमेको छ ।

    नेप्सेमा यो साता दुई सय आठ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट तीन लाख ६९ हजार नौ सय ५३ पटकको कारोबारमा नौ करोड २३ लाख ६६ हजार तीन सय ५३ कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोबार रकम ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार एक सय ८४ रुपैयाँ पुगेको छ ।

    गत साता भने नेप्सेमा दुई सय छ वटा कम्पनीहरुको तीन लाख ८५ हजार छ सय १३ पटकको कारोबारमा सात करोड तीन लाख ११ हजार २२ कित्ता सेयर खरिद बिक्री भएका थिए । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ४५ अर्ब २६ करोड ८५ लाख २७ हजार सात सय ६७ रुपैयाँ पुगेको थियो ।

    यो साता नेप्से पहिलो दिन घटेपनि बाँकी दिनहरुमा भने उच्च अंकले बढेको थियो । सोही आधारमा पहिलो दिन २४ सय ९३ दशमलव ५९ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिनसम्म पुग्दा २६ सय ३६ दशमलव ६८ अंकमा चढेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन चार सय ५४ दसमलव १२ अंकमा झरेकोमा अन्तिम दिनसम्म पुग्दा चार सय ८१ दसमलव ७८ अंकमा चढेको थियो ।

    बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा यो साता नेपाल पुर्नबीमा कम्पनी कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक आदि परेका छन् । पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि परेका छन् । यो साता मुक्तिनाथ विकास बैंक, लक्ष्मी लघुबित्त बित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, कामना सेवा विकास बैक आदिको बोनस तथा हकप्रद सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ