• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    465
    SHARES

    काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै सेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार सेयर कारोबार मापक अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ । कारोबार रकम ८ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिँदा बीमा र लघुवित्तहरुको सबइन्डेक्स घटेर राताम्मे देखिए ।

    बिहीवार बैंकिङ समूहको शेयर २३ अंकले, व्यापार समूहको ७३ अंकले, होटलको साढे चार अंकले, विकास बैंकको ६२ अंकले, जलविद्युतको १८ अंकले, फाइनान्स समूहको पाँच अंकले, उत्पादन समूहको २० अंकले र अन्य समूहको झण्डै ५४ अंकले बढेको छ । जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

    बिहीवार दुई सय ६ कम्पनीका एक करोड ९६ लाख ४६ हजार कित्ता शेयर आठ अर्ब ७६ करोड २१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै एनआईसी एसियाको ५६ करोड र निफ्रा बैंकको ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

    बिहीवार नेपाल हाइड्रो डेभलपर्स कम्पनीका शेयरधनीले १० प्रतिशत र अन्य सात वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि मिर्मिरे लघुवित्तका लगानीकर्ताले झण्डै पाँच प्रतिशत गुमाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ