• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भागरथी र निर्मलाका अपराधीलाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारी सडकमा, नेपालगञ्जमा बृहत प्रदर्शन

    1K
    SHARES

    बाँके । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले ब’ला’त्कार जस्ता जघन्य अपराधमा संलग्नहरुलाई फासीको सजाय माग गर्दै बिरोध प्रदर्शन गरेको छ । निर्मला पन्त, भागरथी भट्ट र सम्झना कामीलगायतका बला’त्कारी र ह’त्यारालाई कारवाहीको माग गर्दै क्रान्तिकारीले भेरी कर्णाली क्षेत्रीय समन्वय समितिको आयोजनामा आज नेपालगञ्जमा उक्त बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो ।

    संगठनका भेरी कर्णाली ब्यूरो संयोजक हर्क बिकले दिएको जानकारी अनुसार जुलुसमा चार हजार भन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । क्रान्तिकारीका बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र मध्यपश्चिम विश्वबिद्यालयका सम्पूर्ण इकाईहरुले विद्यार्थी नेता-कार्यकर्ता सहभागी भएका हुन् ।

    बला’त्कारपछि ह’त्या गरिएका निर्मला पन्त, भागरथी भट्ट र सम्झना कामीलगायतका पिडितहरुलाई न्याय दिन उनीहरुका ह’त्यारालाई फा’सीको स’जाय हुनुपर्ने भन्दै प्रदर्शनमा सहभागी सम्पूर्ण बिद्यार्थीहरुले नाराबाजी गर्नुका साथै सरकारलाई कानुन बनाएर फासी दिने ब्यबस्था गर्न माग गरेका छन् ।

    हालै घटेको भागरथी ह’त्याकाण्डले देश तातेको बेला केहि महिला अधिकारकर्मी बाहेक कुनै पनि राजनीतिक संघ संगठनले  उक्त घटनाको बिरोधमा सडक प्रदर्शन नगरेका बेला बिद्रोही नेकपा निकट क्रान्तिकारीले नेपालगन्जमा प्रदर्शन गरेको हो ।

    पछिल्लो समय राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविका सवालमा क्रान्तिकारीले देशभर प्रदर्शन गर्दै आइरहेको छ । जुलुशमा विद्यार्थीका साथै सर्बसाधारण नागरिकको समेत ब्यापक सहभागिता रहेको थियो । विद्यार्थीले खचाखच भरिएको जुलुशलाई सडक छेउमा रहेका ब्यबसायी र नागरिकले समेत तालि बजाएर स्वागत गरेका थिए ।

    नेपालगन्जका विभिन्न चोकमा प्रदर्शन गरेपछि जुलुश सभामा परिणत भएको थियो । उक्त सभामा विद्यार्थी संगठनका नेताहरुले सम्बोधन गरेका छन् । सम्बोधन गर्ने प्राय सबै नेताहरुले हत्या र बला’त्कार जस्ता जघन्य अपराधमा संग्लग्नहरुलाई फासीको सजाय हुनुपर्ने धाराणा व्यक्त गरेका छन् । नेपाल आमा दिदीबहिनी, छोरी, भतिजी र भाउजु बुहारीहरु जति सुकै बेला पनि बला’त्कार र ह’त्याका सिकार हुनसक्ने परिस्थिति बढ्दै गएकाले त्यस्ताे अपराध गर्नेहरु बिरुद्ध फासीको सजाय हुनुपर्ने बक्ताहरुको भनाई थियो ।

    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आरआर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ