काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
केही दिनयता सुनको मूल्य ओरालो लागेको छ । यस्तै आज तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँ घटेर प्रति तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया