• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    १६ वर्षीय दिनेश भट्ट दोषी ठहरिए कति हुन्छ सजाय ?

    1.2K
    SHARES

    काठमाडौँ । दोगडाकेदार गाउँपालिका ७ बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको ह’त्यामा संलग्न भनी सार्वजनिक गरिएका स्थानीय किशोर १८ वर्षभन्दा कम उमेरको पाइएको छ । यस्तो अवस्थामा के कसुरदारलाई पूरै सजाय हुन्छ त ? के अभियोग प्रमाणित भए उनी जेल जान्छन् त ? अहिले कतिपयको विषय बनेको छ ।

    तर आरोपितको जेल यात्राभन्दा पहिले उनको पृष्ठभूमि बुझौँ । भागरथी भट्टको ब’ला’त्कार र ह’त्यामा आरोपित किशोर दोगडाकेदार गाउँपालिका ७ चडेपानी गाउँकै विपन्न परिवारमा जन्मिएका व्यक्ति हुन् । उनको बुवा लामो समय भारतमा मजदुरी गरेर आफ्नो परिवार पाल्ने गर्थे । गत वर्षको लकडाउनदेखि भने उनी नेपाल फर्केर गाउँमै दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पालिरहेका थिए ।

    आरोपित किशोर परिवारको जेठो सन्तान हुन् । दिनेशको परिवारमा बुवा, आमा, भाइ र दुईजना बहिनीहरु रहेका छन् । तर भाइ र दुबै बहिनीहरु सुस्त मनिस्थितिका छन् । काम गर्न सक्ने र पढेको व्यक्ति उनी मात्रै हुन् । स्थानीय विद्यालयमा रहेको लगतमा उनकोको जन्ममिति २०६१ फागुन १० गते रहेको छ । यसको मतलब दिनेश आउँदो फागुन १० गतेबाट १६ वर्ष पूरा भई १७ वर्षमा लाग्थे । विद्यालयका शिक्षकका अनुसार विद्यालयमा उनी पढाइमा औसत थिए ।

    अपराध पुष्टी भए के सजाय हुन्छ ?

    मुलुकी अपराध संहिता २०७४ मा बलात्कार र हत्या गरेको खण्डमा कस्तो सजाय हुने भन्ने उल्लेख छ । ऐनको दफा ४१ मा जबरजस्ती क’र’णी गरी ज्यान मा’रे’को घटनालाई जघन्य अपराध भन्दै यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई जन्मकै’दको सजाय हुने कुरा उल्लेख गरिएको छ । ऐनको दफा ४१ को उपदफा (च) मा ज’बरजस्ती क’र’णी गरी ज्यान मारेको घटनामा संलग्नलाई जन्मकैद हुने ब्यहोरा उल्लेख छ ।

    ऐनको यो दफालाई हेर्दा आरोपित व्यक्ति १५ वर्ष पूरा भइ १६ वर्षमा हिँडिरहेका छन् । ऐनमा १६ वर्षभन्दा कम भन्नुको अर्थ १६ वर्ष पूरा हुनुपर्ने हो वा १६ वर्षमात्रै लागेमा पनि सजाय दुई तिहाई हुनुपर्ने हो भन्ने स्पष्ट छैन ।

    तर अधिवक्ता लोकेन्द्र वली भने आरोपित किशोर १६ वर्ष पूरा नभएको कारण सजाय आधा हुनसक्ने तर्क गर्छन् । यद्यपि अभियोजक (सरकारी वकिल) ले स्पष्ट उमेर खुलाइ सजायको मागदाबी गर्ने भएकाले आरोप पुष्टी भएमा दिनेश कम्तिमा पनि साँढे १२ वर्ष र बढीमा १६ वर्ष ८ महिना कैद सजाय भुक्तान गर्नुपर्ने हुनसक्छ ।

    तर १८ वर्ष उमेर नपुगेको व्यक्तिलाई कारावासमा पठाउन नमिल्ने भएकाले यदि आरोप पुष्टी भएमा १८ वर्ष उमेर नपुग्दासम्म उनी बाल सुधारगृहमा रहनेछन् । १८ वर्ष पूरा भएपछि भने अदालतबाट अनुमति लिई बाँकी सजायको लागि जेल चलान हुनेछन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया