• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतमा पहिलोपटक महिलालाई फासी दिइदै, को हुन ति महिला, केछ उनको कसुर ?

    10.2K
    SHARES

    नयांदिल्ली । भारतीय राज्य उत्तर प्रदेशको मथुरा जेलमा फा’सी घर मर्मत गर्न थालिएको छ ।  फा’सी घर मर्मत गरिनुको कारण हो त्यहाँ एउटा महिलालाई फा’सी दिइँदै छ ।

    स्वतन्त्र भारतको इतिहासमा पहिलोपकट कुनै महिलालाई फा’सी दिन लागिएको हो । शबनम नाम गरेकी एक महिलालाई मथुरा जेलमा फा’सी दिन लागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    जेल प्रशासनले भने ती महिलालाई फा’सी दिन लागिएको हो भनेर प्रस्ट रुपमा भनिसकेको छैन । तर, मथुरा जेलमा महिलालाई फा’सी दिने व्यवस्था छ ।’ मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फासी घर बनाइएको थियो । यो जेलमा महिलालाई फा’सी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जेलमा महिलालाई फा’सी दिइएको थिएन ।

    हालै जेल प्रशासनले कसुरदारलाई फा’सीमा झु’ण्ड्या’उने जल्लादलाई दुई पटक फा’सी घरको निरीक्षण गराएको बताइन्छ । उनकै सुझावका आधारमा फा’सी घरको मर्मत र फा’सीमा प्रयोग हुने डोरीसमेत मगाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    अदालतले मृ’त्यु द’ण्डको सजाय सुनाएपछि शबनमले राष्ट्रपति समक्ष क्षमा याचनाको निवेदन दिएकी थिइन् । राष्ट्रपतिले शबनमको क्षमा याचनालाई अस्वीकार गरेका कारण उनलाई अदालतको आदेश अनुसार मृ’त्यु द’ण्ड दिने बाटो खुलेको हो ।

    उत्तर प्रदेश राज्यको अमरोहा जिल्लाको बावनखेडी गाउँकी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्मम’तापूर्वक ह’त्या गरेकी थिइन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार शबनमले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छन् । तर उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् ।उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वीकार गरेपछि दुवै मिलेर शबनमको परिवारकै ह’त्या गर्ने योजना बनाइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

    योजनाअनुसार उनीहरुले पहिला परिवारका सबै सदस्यलाई बेहोसीको औषधि खुवाएका थिए । बेहोस भएको मौका छोपी सबैलाई बञ्चरो प्रहार गरी ह’त्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

    १५ जुलाई २०१० मा नै अमरोहा जिल्ला अदालतले शबनम र उनका प्रेमी सलिमविरुद्ध मृत्यु द’ण्डको फैसला सुनाएको थियो । अदालतले फैसला सुनाएको करिब ११ वर्षपछि सबनमलाई फाँ’सी दिन लागिएको हो ।

    यसैबीच भारतमा कोभिड १९ को ‘डबल म्यूटेन्ट भेरियन्ट’ भेटिएको छ । बुधबारमात्रै भारतमा करिब ४७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७७१ जनामा नयाँ भेरियन्ट भेटिएको हो । नयाँ भेरियन्टमध्ये ७३६ वटा बेलायतको, ३४ वटा दक्षिण अफ्रिकाको र एउटा भने ब्राजिलको भेरियन्ट भएको बीबीसी हिन्दीले जनाएको छ ।

    भारतको नेशनल सेन्टर अफ डिजिज कन्ट्रोलका अनुसार हाल भारतमा संक्रमण उच्च रहेको क्षेत्रमा अलग अलग किसिमको म्यूटेशन प्रोफाइल भेटिएको छ । १५ देखि २० प्रतिशत नमूनामा म्यूटेशन देखिएको छ जुन पहिला भेटिएका भेरियन्टभन्दा फरक छ ।यो नयाँ भेरियन्टबारे थप अध्ययन भइरहेको छ । नयाँ भेरियन्टले रोग प्रतिरोधात्मक क्षमतामा असर नगरी संक्रमण फैलाउन सक्ने देखिएको छ ।

    भारतले खोप निर्यात रोक्यो

    अस्वाभाविक रुपमा सङ्क्रमण फैलिरहेको भारतमा कोरोनाविरुद्धको खोप अभाव हुने आँकलनसहित भारतले तत्कालका लागि कोरोनाविरुद्धको कोभिसिल्ड खोप निर्यातमा रोक लगाएको छ । त्यहाँको विदेश मन्त्रालयकाअनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले आफ्नै देशभित्र माग बढ्ने भन्दै खोप निर्यातमा रोक लगाइएको हो ।

    सरकारी अधिकारीहरुले यसलाई समयअनुसारको निर्णय भनेर प्रतिक्रिया दिएका छन् । भारतले खोप निर्यातमा रोक लगाएसँगै विश्वमा नै खोप वितरणमा समस्या पर्ने देखिएको छ । कोभ्याक्समार्फत गरिब तथा विपन्न देशमा पुर्याइने खोप अभियान प्रभावित हुने छन् ।

    विश्व स्वास्थ्य संगठनको नेतृत्वमा भइरहेको कोभ्याक्स योजनाले सबै देशमा खोपको सुनिश्चितता गर्ने उदेश्य राखेको छ । तर, खोप निर्यातमा रोक लागेसँगै कोभ्याक्सको योजनामा परेका १९० देशमा खोप पुर्याउन कठिनाइ हुनेछ । भारतले अहिलेसम्म ७६ देशमा झण्डै ६ करोड डोज खोप पठाएको छ ।

    कोरोना संक्रमणको दर विश्वभर बढ्दै, कुन देशको अवस्था कस्तो छ ?

    पछिल्ला दिनहरुमा विभिन्न देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । सङ्क्रमण दर तीव्र भएसँगै नयाँ रणनीतिसहित नियन्त्रणका प्रयासहरु सुरु भएका छन् । कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भएका विभिन्न देशमा लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् ।

    पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार २ सय ११ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या २७ लाख ५४ हजारभन्दा धेरै पुगेको छ । विश्वभर अहिलेसम्म १२ करोड ५३ लाखभन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् ।

    सङ्क्रमितमध्ये १० करोड ११ लाख व्यक्ति निको भइसकेका छन् । २ करोड १३ लाख ९३ हजारभन्दा धेरै सङ्क्रमित अहिले पनि विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका छन् ।

    कुन देशमा सङ्क्रमण दर बढ्दै छ ?

    अमेरिका, ब्राजिल, भारत, टर्की, इटली, जर्मनी, पोल्याण्डलगायत देशहरुमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । यी देशहरुमा कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाविरुद्धको खोप लगाउन सुरु भए पनि यी देशहरुमा भने कोरोना सङ्क्रमणको दर उच्च भएको हो ।

    ब्राजिलमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ८२ हजार ८१८ जना सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा सङ्क्रमितको सङ्ख्या १ करोड २२ लाख १९ हजारभन्दा धेरैे भएको छ । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ८ सय ३२ जनाको ज्यान गएको छ । योसँगै ब्राजिलमा ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ६ सय ७५ भन्दा धेरै भएको छ ।

    यस्तै कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ६४ हजार १ सय ४१ जना सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ७ लाखभन्दा धेरै भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ८६ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या ५ लाख ५८ हजार २ सय ३ पुगेको छ ।

    यस्तै छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार ४ सय १९ भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड १७ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा २४९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६० हजार ६ सय नाघेको छ । सन् २०२१ पछि भारतमा सङ्क्रमण बढ्दै गएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा टर्कीमा २९ हजार ७ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने १४६ जनाको ज्यान गएको छ । टर्कीमा अहिलेसम्म ३० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् भने ३० हजार ४ सयभन्दा धेरैे व्यक्तिको ज्यान गएको छ ।

    यस्तै पोल्याण्डमा पनि कोरोना सङ्क्रमित अस्वाभाविक रुपमा बढिरहेको छ । पोल्याण्डमा पछिल्लो २४ घण्टामा झण्डै ३० हजार सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २१ लाख २० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा पोल्याण्डमा ५७५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५० हजार ३ सय ४० नाघेको छ ।

    यस्तै इटलीमा पछिल्लो २४ घण्टामा २१ हजार २ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । ज्यान गुमाउनेको सङ्ख्या ४६० जना थपिएसँगै १ लाख ६ हजार नाघेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया