• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    संसारको एउटा यस्तो अनौठो गाउँ, जहाँ केवल ब’ला’त्कारी मात्र बस्छन

    825
    SHARES

    एजेन्सी। संसारमा असंख्य गाउँहरु होलान् । तर एउटा गाउँ यस्तो छ, जहाँ सायद कोही मानिसलाई पाइला टेक्न मन लाग्ला । संसारकै सबैभन्दा अनौठो गाउँ मानिने यो गाउँमा अरु मानिस जान नचाहनुको कारण पनि निकै अनौठो छ । किनकी उक्त गाउँमा केवल ब’ला’त्कारी पुरुषहरु मात्र बस्दछन् ।

    ब’ला’त्कार जस्तो निकृष्ट अपराधन गर्ने मानिसहरु बस्ने यो गाउँको आसपास समेत कुनैपनि मानिस जान चाहँदैनन् । गार्जियन पत्रिकाको रिपोर्ट अनुसार अमेरिकाको फ्लोरिडाबाट २ माइल टाढा पर्ने उक्त गाउँको नाम मिराकल गाउँ हो ।

    उक्त गाउँमा २ सय मानिस बस्दछन् । र, गाउँमा बस्ने सबैजना मानिसहरु ब’ला’त्कारीहरु हुन् । सन् १९६० मा यो गाउँमा बस्ती बसालिएको हो । तर सन् २००९ देखि मात्र यो गाउँलाई ब’ला’त्कारी बस्ने गाउँमा रुपान्तरण गरिएको हो ।

    सन् २००९ मा स्थानीय पादरी डिक विथ्रोले सो गाउँलाई यौ’न अपराधीहरुको गाउँका रुपमा परिवर्तन गरिद्यिए । उक्त गाउँमा बलात्कार गर्ने अपराधीहरुलाई राख्न थालियो । बाल यौन दूराचारदेखि लिएर आफ्नै प्रेमिका र अन्य महिलाको समेत बलात्कार गर्ने अपराधीहरु उक्त गाउँमा बस्दछन् । वास्वतमा यो गाउँ एक खालको जेल नै हो । यहाँ बलात्कारको अपराधमा जेल सजायँ पाएका अभियुक्तहरुले आफ्नो सजायँ काट्दछन् ।

    उसो त फ्लोरिडामा यौन अपराधको विरुद्धमा निके कडा नियम छ । यौन अपराधीहरुलाई कुनै स्कूल, पार्क, बस स्टप तथा आवासीय इलाकाहरुमा बस्ने अनुमति दिइँदैन । अर्थात् त्यस्ता दोषीहरुलाई सबैबाट टाढा बस्नु पर्दछ । त्यसैले सरकारले यौन अपराधीहरुलाई सुध्रिने अवसर प्रदान गर्न समेत यो गाउँमा बसोबासको अवसर प्रदान गरेको हो । यहाँ बस्ने मानिसहरुले आफ्नो पालनपोषण आफै गर्नु पर्दछ ।

    त्यसैले उक्त गाउँमा बस्ने मानिसहरु अपराधी भएपनि आत्मनिर्भर छन् । रिसलाई नियन्त्रण गर्नका लागि बाइबल पढ्ने देखि विभिन्न खाले आत्मसंयमका कक्षाहरु त्यहाँ सञ्चालन गरिन्छ । मनोवैज्ञानिक उपचारको व्यवस्था पनि त्यहाँ गरिएको छ । साथै उनीहरुको गुजाराका लागि स्थानीय स्तरमा स साना जागिरसमेत उपलब्ध गराइएको छ ।

    १० वर्षअघि चार हजारमा किनेको पिज्जाको मूल्य ५२ अर्ब पुगेपछि…

    क्रिप्टोकरेन्सी विटक्वाइन झण्डै एक दशक अगाडि अस्तित्वमा आएको हो । सायद त्यतिबेला बिटक्वाइन यतिधेरै अमूल्य बन्छ भन्ने कसैले कल्पना पनि गरेका थिएनन् । बिटक्वाइनको अमूल्यपना देखेरै होला टेस्ला कम्पनीका संस्थापक एलन मस्कले पनि बिटक्वाइनमा दशौँ लाख डलर लगानी गरेका छन् ।

    तर जुन समयमा बिटक्वाइनको सुरुवात भएको थियो त्यतिबेलादेखि अहिलेसम्म बिटक्वाइनमा ठूलो परिवर्तन भएको छ । अहिले बिटक्वाइनको मूल्य जबरजस्त बढेर एक बिटक्वाइन बराबर ४५ हजार अमेरिकी डलर भन्दा माथि पुगेको छ । अहिले यस्तो अचाक्ली मूल्य बढेको बिटक्वाइनको मूल्य १० वर्षअघि यति कम थियो कि केवल २ वटा पिज्जा खरीद गर्नका लागि १० हजार बिटक्वाइन तिर्नु पर्दथ्यो । त्यतिबेला १० हजार बिटक्वाइन भनेको केवल ३० अमेरिकी डलर थियो ।

    सन् २०१० मा जम्मा २ वटा पिज्जा किन्न पुग्ने १० हजार बिटक्वाइनको मूल्य अहिले ५२ अर्ब रुपैयाँ पुगेको छ । २०१० मा एक बिटक्वाइन बराबर ०.०००३ अमेरिकी डलर थियो । त्यसैले सन् २०१० मा अमेरिकाका ल्याजलो नामक एक व्यक्तिले पापा जोनबाट दुई वटा ठूलो आकारका पिज्जा खरीद गरे । उनले पहिलोपटक बिटक्वाइनबाट कुनै सामान खरीद गरेका थिए ।

    उनले त्यतिबेला उक्त पिज्जाका लागि तिरेको केवल ३० डलर अर्थात् ४ हजार रुपैयाँको अहिलेको मूल्य ५२ अर्ब पुग्ने कुरा सायद कल्पनाभन्दा बाहिरको कुरा हो । सायद आज बिटक्वाइनको मूल्य यतिधेरै हुन्छ भन्ने कल्पना मात्रैपनि गर्न सकेको भए उनले फगत २ पिज्जाका लागि १० हजार बिटक्वाइन खर्च गर्दैनथे होलान् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ