• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सपना रोका मगरलाई ध’म्की दिने विनयजङ्ग बस्नेत पक्राउ

    1K
    SHARES

    काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् । बीबीसीको शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।

    महानगरीय प्रहरी परिसरको टोलीले बस्नेतलाई मंगलबार काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो। बस्नेतलाई पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

    आफूलाई बस्नेतले युटुबमार्फत ध’म्की दिनुका साथै चरि’त्र ह’त्या गरेको भन्दै उनले गत आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष शान्ति सुरक्षासहित न्यायको माग गरेकी थिइन्।

    बस्नेतले युट्युबमा आफ्ना नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि सपनाले उनीविरुद्ध गत आइतबार काठमाडौँ परिसरमा जाहेरी दिएकी थिइन । काठमाडौँमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ