• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    घरमा २ श्रीमतीको बेजोग पारेर यस्तो काण्ड मच्चाउने प्रचण्डका युवा नेता जेल चलान, को हुन संगै जेल गएकी महिला ?

    602
    SHARES

    सल्यान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड (माधव-भलनाथ-प्रचण्ड) समूहको सल्यानका युवा नेता तेस्रो बिहेको अभियोगमा जेल चलान भएका छन । जिल्ला अदालत सल्यानले जनप्रतिनिधिसमेत रहेका सल्यानका इन्द्रबहादुर कुमाइको पछिल्लो जोडीलाइ जेल चलान गरेको हो ।

    घरमा दुई श्रीमती र ४ छोराछोरी हुँदाहुँदै तेस्रो बिहे गर्ने वडाध्यक्षको उक्त जोडीलाई अदालतले कैद सजाय सुनाइएको छ । बनगाड कुपिण्डे नगरपालिका–९, का वडाध्यक्ष इन्द्रबहादुर कुमाइको जोडीलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

    न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग विवाह गरेकी ग्वामी विष्ट कुमाइलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला गरेको छ । मंसिर ३ गते बहुविवाह गरेका उनीहरूलाई प्रहरीले मंसिर १९ गते पक्राउ गरेको थियो । कुमाइ यसअघि गत स्थानीय निर्वाचनमा तत्कालीन माओवादीका तर्फबाट विजयी भएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ