• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आरआर क्याम्पसमा प्रचण्ड-नेपाल र ओली समूहका विद्यार्थीबीच कुटाकुट, ४ जना घाइते

    1.9K
    SHARES

    काठमाडौं । संसद विघटनपछि विभाजित बनेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह र ओली समुहका विद्यार्थी बीच झडप भएको छ । मंगलबार बिहान काठमाडौं प्रदर्शनीमार्गस्थित नेकपाका दुई समूहका विद्यार्थी बीच झडप भएको हो ।

    सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको स्ववीयू सभापति तपेन्द्रजंग शाहीले सञ्चारकेन्द्रलाई बताए ।

    उक्त झडपमा परि घाइते हुनेमा प्रचण्ड-नेपाल समूहका विद्यार्थी नेता दिपक बस्नेत, दिलिप खड्का, बिशाल रिजाल र मनिस बस्नेत रहेका छन् ।  कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति शाहीले बताए । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले बताए ।

    यस्तै बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आ’क्र’म’ण गरेका छन्। जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन।

    उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदको पेटमा ढुंगा लागेको डिलासैनी गाउँपालिका कार्यसमिति सचिव बिरबहादुर बिष्टले बताएका छन् ।

    उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो। आ’क्र’मणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हा’ना’हा’नमा परी ६ जना घाइते भएका छन्।

    अहिले घटनास्थल तनावग्रस्त बनेको छ। झ’ड’पपछि उक्त स्थलमा प्रहरीको टोली पुगेको छ। प्रहरी टोलीले झ’ड’प रोक्ने प्रयास गरिरहेको बताइएको छ। उता प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अ श्लील गाली गलौज गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता पुनराम खत्री र कार्यकर्ता सागर जिएम छन् । जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल्लका अनुसार दुई जनाले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि नियन्त्रणमा लिइएको थियो ।

    ‘सोधपुछका लागि हो, सोमबारै छाडिसक्यौं’, मल्लले भने । हाल प्रकरणबारे ओली पक्षका नेता, कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच इलाका प्रहरी कार्यालय, भिंग्रीमा छलफल भइरहेको छ ।

    पक्राउ परेका विद्यार्थी नेता खत्री भने अश्लील गाली नगरिएको बताउँछन् । ‘स्वर्गद्वारी नगरपालिकाको-९ बाट प्रदर्शनमा सहभागी हुन सदरमुकाम आएका थियौं, फर्किने क्रममा गाली गलौज गरेको भन्दै उजुरी परेछ’, उनले भने ।

    कांग्रेसले देशभर आन्दोलनको कार्यक्रम घोषणा गरे अनुरुप सोमबार सदरमुकाममा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन राखिएको थियो । कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजाल, डा. गोविन्द पोखरेल लगायत सहभागी थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ