• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भागरथी ह’त्या प्र’क’रणमा प्रहरीलाई पहिलो सफलता, कञ्चनपुरबाट १ जना पक्राउ, थप विवरणसहित

    1.1K
    SHARES

    काठमाडाैं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको ह’त्या प्र’क’रणमा अनुसन्धान गरिरहेको प्रहरीलाई पहिलो सफलता हात लागेको छ । भागरथीको ब’ला’त्कार र ह’त्यामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

    प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको स्रोतको दाबी छ । यद्यपि अनुसन्धानलाई असर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी चुहाएको छैन ।

    भागरथीको ह’त्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ ।

    ‘भागरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि सोही बाटो हुँदै गएको पाइएको छ,’ स्रोतले भन्यो । घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै रहेका छन् । भारत भाग्न लागेको आशंकामा उनलाई पक्राउ गरिएको थियो ।

    अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टी गर्ने केही आधार पनि आफूहरुसँग भएको उनको भनाइ छ । स्रोत भन्छ, ‘संदिग्धको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको छ ।’ त्यही आधारमा उनी प्रहरीको शंकाको घेरामा थिए ।

    यद्यपि घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भे’जा’इनल स्वाब र घटनास्थलमा भेटिएको वी’र्य’को डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

    एकजना शंकितलाई पक्राउ गरेकोबारे केन्द्रीय प्रहरीले भने अनभिज्ञता जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता बसन्त कुँवर कोही पक्राउ परेकाबारे कुनै जानकारी आइनसकेको बताउँछन् ।

    घटनास्थलमा रहेका प्रहरी अधिकारी पनि यस सम्बन्धमा केही बोल्न मान्दैनन् । अहिले घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेको वा नपरेको बारे केही बोल्न नमिल्ने बताउँछन् । ती अधिकारीले भने ‘हामी अ’प’राधीको नजिक छौँ । पक्राउ परेको वा नपरेको भन्ने बेला भएको छैन । केही व्यक्तिमाथि क्लोजि मनिटरिङ गरिरहेका छौँ । अहिले धेरै कुरा बोल्ने अवस्था छैन ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया