• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    अदालतमा न्यायाधीशकै अगाडी कुटा’कुट, १ जना घाइते

    645
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच आदेशलाई लिएर हात हालाहाल भएको छ । न्यायाधीशकै सामुन्ने भएको हात हालाहालमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका छन् ।

    सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कु’टा’कुटमा उत्रिएका हुन् ।

    श्रेस्तेदार भीमप्रसाद निरौलाका अनुसार इजलास अधिकृत शर्मा घाइते भएका छन्। आक्रमणपछि एक कर्मचारीको नाकबाट रगत बगेको छ। सुब्बाले छानबिन गरिपाउँ भनेर निवेदन दिएका छन् । अनुसन्धान अनुसार दोषीलाई कारबाही हुने श्रेष्तेदार निरौलाले बताए । इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुई जनाबीच झगडा भएको हो।

    मालपोत कार्यालयलाई भएको एउटा आदेशमा सही गर्ने कुरालाई लिएर विवाद भएको थियो । आदेशमा सही गराउन लिएर जादाँ इजलास अधिकृत शर्माले व्यहोरा नमिलेको भन्दै अर्को व्यहोरा लेखेर ल्याउन भनेपछि वादविवाद भएको रहेछ। त्यही बढ्दै गएर हात हालाहाल नै भएछ,’ उनले भने।

    यस्तै यता प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा राय दिन गठित एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै रहेको बताएका छन् ।

    संवैधानिक इजलासलाई राय दिँदै उनले भने, ‘सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको, अरूले बुझेको अर्को किसिमको आयो ।’ कार्कीले संविधान निर्माणका क्रममा के छलफल भएको थियो भन्नेमा नभई के लेखिएको छ भन्नेमा आधारित हुनुपर्ने सुझाव पनि दिएका छन् ।

    उनले राज्यका निकायका कार्यक्षेत्रको संविधानसम्मत व्याख्या हुनुपर्ने पनि सुझाए । उनले संसद्, कार्यपालिका र न्यायपालिकालाई संविधानले अधिकार दिएको भन्दै सोही व्यवस्थाअनुसार संवैधानिक इजलासले व्याख्या गर्नुपर्ने राय दिए ।

    प्रतिनिधिसभा विघटनविरुद्ध संविधान लेखनमा संलग्न दलहरू नै आन्दोलनमा रहेको कार्कीको भनाइ थियो । ‘जसले संविधान बनाए, जसले लागु गर्नुपर्ने थियो, अभ्यास गरे, उनीहरू संविधान समाप्त हुन लाग्यो भनेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले हामीले बनाएको संविधान दुर्घटनामा पर्‍यो भनिरहेका छन्,’ उनले भने ।

    यो विषयको निर्क्योल गर्नुपर्ने गम्भीर जिम्मेवारी संवैधानिक इजलाससामु रहेको पनि उनको भनाइ थियो । कुनै पनि संविधान लेखनको सुरुवात गर्दा कस्तो मान्यतामा लेख्ने भन्ने निर्क्योल हुने कार्कीले बताए । उनले नेपालमा संसदीय लोकतान्त्रिक व्यवस्था, गणतन्त्रको व्यवस्थामा जाने लेखिएको पनि बताए ।

    उनले राजतन्त्रको व्यवस्थामा संविधान नआएको पनि धारणा राखे । ‘संसदीय व्यवस्थामा जाने भनेपछि संविधान लेखियो । धारा ७४ मा लेखियो कि बहुलवादमा आधारित हुने, प्रतिस्पर्धात्मक लोकतान्त्रिक हुने र संघीय गणतन्त्रात्मक हुने भनियो । यसमा हामी अलमलिनुपर्ने कारण छैनन्,’ उनले भने । संसदीय व्यवस्थामा संसद्को पहिलो काम सरकार गठन गर्ने, सरकार संसद्प्रति उत्तरदायी र जवाफदेही हुने मान्यता रहेको उनको भनाइ थियो ।

    सरकारले संसद्को विश्वासमा काम गर्नुपर्ने, विश्वास छ कि छैन भन्नेबारे विश्वासको मत लिनुपर्ने तथा जसले सरकार हटाउन चाहन्छ उसले संसद‍्मा अविश्वासको मत पारित गर्नुपर्ने व्यवस्था रहेको कार्कीले बताए । ‘संसद्को विश्वास हुँदासम्म सरकारले काम गर्ने र नहुनासाथ विश्वासको मत लिने । जसले हटाउन चाहन्छ उसले अविश्वासको मत पारित गर्नुपर्ने हो । त्यो विश्वासको मत संसद्‍मा नै लिने हो, अन्त परीक्षण गर्न भएन,’ उनको राय थियो ।

    संविधान सही ढंगले कार्यान्वयन नभएको अवस्थामा त्यसको पीडा र परिणाम कति भोग्नुपर्ने हो भन्ने कुरा अन्योल रहेको कार्कीको भनाइ थियो । संविधानको व्याख्या त्यहाँ जस्तो लेखिएको छ, त्यसै आधारमा हुनुपर्ने पनि कार्कीले सुझाए ।

    उनले भने, ‘संविधानको व्याख्या मैले गर्दा र श्रीमान्‌ले गर्दा पनि कानुनअनुसार गर्नुपर्छ । आफूखुसी गर्न पाइँदैन ।’ संविधान लेखनका आधारमा आएका कुराहरूलाई आधार नमानी लेखिएको संविधानमा के आएको छ त्यो आधारमा व्याख्या गर्न उनले सुझाए । संसद्को विघटन संविधानले सिद्धान्ततः स्वीकार गरेको तर त्यसका लागि सर्त रहेको उनको भनाइ थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ