• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश १ समाचार

    राजेन्द्र श्रेष्ठ मृत्यु प्रकरण- विप्लव र प्रकाण्डसहित ४२ जना बिरुद्ध मुद्धा दर्ता, नाम लिस्टसहित

    731
    SHARES

    विराटनगर । मोरगं मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ मृत्यु प्रकरणमा सरकारी वकिलको कार्यलयले नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र उच्च तहका नेता सन्तोष बुढा मगर, उमा भुजेल शिलु सहित ४२ जना बिरुद्ध अ पहरण तथा कर्तव्य ज्यान उद्योगमा मुद्धा दर्ता गरेको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यलयले सोमाबर मुद्धा दायर गरेको हो ।

    मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक श्रेष्ठको २३ मंसिरमा अप हरणपछि ह त्या गरिएको प्रहरीको दाबी छ । सुराकी गरेको आरोपमा श्रेष्ठलाई नेकपाका ६ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरी जंगलमा लगेर ह त्या गरेकोे प्रतिवेदनमा उल्लेख छ । यद्यपि नेकपाले उक्त घटनाबारे विज्ञप्ति जारी गरी प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको यसअघि प्रष्ट पारिसकेको छ । तत्कालीन मेचीकोशी ब्युरो ईन्चार्ज प्रतापले घटनाको जिम्मा लिएका थिए ।

    मुद्धाजिल्ला अदालत मोरङमा सोमबार दर्ता भएको मुद्धामा मंगलबारबाट थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ । यस अघि सुनसरीको ईटहरीबाट गिरफ्तार परेका मोरङ जिल्ला ईन्चार्ज डिबि सिलवालको थुनछेक बहस हुने भएको छ । मुद्धाको अभियोग पत्रमा प्रीतवादी वनाईएका नेताहरुबारे यसरि उल्लेख गरिएको छ ।

    कपिलवस्तु शिवराज नगरपालिका- ९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरीनाथ गाउँपालिका( ६ का ५२ वर्षीय खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड, रोल्पा थवाङ गाउँपालिका( १ का ५२ वर्षीय विशम भन्ने सन्तोष बुढामगर जाजरकोटका ४२ वर्षीय दिपक चलाउने, संखुवासभाका मादी नगरपालिका( ४ का ३५ वर्षीय धनबहादुर विकलाई प्रतिवादी बनाइएको छ ।

    त्यस्तै मोरङ केराबारी गाउँपालिका-६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका १ का ४१ वर्षीय शैलेस भनिने चन्द्रबहादुर बुढाथोकी, झापा गौरीगञ्ज- १ का २६ वर्षीय सञ्जय राई, भोजपुर षडानन्द नगरपालिका- २ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई, धनकुटा शहिदभूमी गाउँपालिका- १ का ३३ वर्षीय दर्शन भन्ने नविन राई, धनकुटा पाख्रिबास नगरपालिका-२ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम, संखुवासभा चैनपुर- ४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई, भोजपुर ट्याम्केमयुम- ७ का ४१ वर्षीय भीम भन्ने कुमार राईलाई पनि प्रतिवादी बनाइएको छ ।

    खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिका-७ का ४३ वर्षीय संजिव मगर, सोलुखुम्बु महाकुलुङ- १ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा, ओखलढुङ्गा लिखु – ७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेत, गोर्खाको अजिरकोट गाउँपालिका ३ का ४१ वर्षीया शिलु भन्ने उमा भुजेल, झापा दमक-२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु सोताङ- १ का ३५ वर्षीय बालकुमार राई भन्ने राकेश राई, भोजपुर रामप्रसादराई गाउँपालिका- ४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई, संखुवासभा चैनपुर – ४ मैदानेका २२ वर्षीय नाती भन्ने बासन राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका- ४ का २२ वर्षीय अखिल भन्ने मनोज भुजेल, ताप्लेजुङ्ग मिक्वाखोला-१ का २३ वर्षीय लुङ्गा भन्ने सुदम लुङखिम्बा विरुद्ध मुद्दा दायर गरिएको छ ।

    त्यस्तै भोजपुर पौवादुङ्मा गाउँपालिका- ३ का २६ वर्षीय उमेश खत्री, ताप्लेजुङ मिक्वाखोला- ५ का २९ वर्षीय संग्राम भन्ने पुर्णबहादुर लिम्बू , धनकुटाका २४ वर्षीय आशिष भन्ने बिक्रम राई, मोरङ मिक्लाजुङ-१ का २२ वषर्ीय बिर्जुम भन्ने श्रीमान राई, ताप्लेजुङ मिक्वाखोला- १ का २५ वर्षीय विशाल लिम्वु, ताप्लेजुङ फाक्तालुङ गाउँपालिका- २ का २५ वर्षीय संगम आङदाम्बे, भोजपुर पौवादुङमा-४ का २४ वर्षीयअनुस्का राई, ताप्लेजुङका २५ को हेतु साउदेन, ईलाम देउमाई नगरपालिका-७ का ३६ वर्षीय मौषम भन्ने जितमान राई, ४५ वर्षीय अविनाश भन्ने डम्बर मगर र मिक्लाजुङ ८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरालाई पनि प्रतिवादी बनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ