काठमाडौँ । सोमाबर दिउसोदेखि सामाजिक सञ्जाल फेसबुकमा एउटा खबर आगोसरी फैलियो । उक्त खबर बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ की आमासँग जोडिएको थियो ।
महासचिव विप्लवकी आमाको निधन भएको भन्ने खबर फैलिएपछि नेकपाले त्यसको खण्डन गरेको छ भने यस्ता कपोकल्पित समाचार र हल्लाबारे कुनै सत्यता नभएको बताएको छ। यस किसिमका प्रचारबाजीप्रति नेकपाले खेद प्रकट गरेको छ ।
पछिल्लोसमय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सत्यतथ्य नै नबुझि अरुका बारेमा अनावश्यक हल्ला फैलाउने क्रम बढ्दै गएको छ ।
खासमा भएको के हो ?
खासमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डडेल्धुराका एक जिल्ला नेताकी आमाको निधन भएको हो । डबल नेकपाका डडेल्धुरा नेता तथा भुमि व्यबस्थापनआयोग डडेलधुराका अध्यक्ष पदमराज जोशी ‘विप्लव’ की ममतामयी आमाको निधन भएको खबरलाई केहि झोले अनलाइनहरुले तोडमोड गरेपछि यस्तो खबर फैलिएको बुझिएको छ ।
प्रतिक्रिया