• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    राति साढे १२ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नहुने

    621
    SHARES

    काठमाडौँ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानको संख्यामा अत्यधिक गिरावट आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले राति ३ बजेसम्म खुला राख्दै आएको सेवालाई अढाई घण्टा घटाउने भएको छ । अहिले अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि मध्यरात ३ बजेसम्म २१ घण्टा सञ्चालनमा छ ।

    अन्तर्राष्ट्रिय उडान संख्या नबढेकाले विमानस्थल व्यवस्थापनले चैत १५ देखि विमानस्थल राति साढे १२ बजेपछि बन्द गर्ने निर्णय गरेको विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए । यससँगै मध्य राति काठमाडौंबाट दोहा, दुबई र जापानको नारिता उडान गर्ने क्रमशः कतार एयर, हिमालय एयरलाइन्स, एयर अरेबिया र नेपाल वायुसेवा निगमले आफ्ना रात्रिकालीन उडानको समय सार्नुपर्नेछ ।

    कोरोना महामारीअघि दैनिक दुईतर्फी ८० हाराहारी उडान हुँदै आएकामा अहिले दैनिक ३० हाराहारी मात्रै अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । नेपालसहित १५ मुलुकका ३० वटा वायुसेवाले विभिन्न २१ वटा अन्तर्राष्ट्रिय गन्तव्यका लागि उडान अनुमति लिएका छन् । तर १४ वटा वायुसेवाले नियमित उडान थालिनसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए ।

    थाइल्यान्डको थाई एयर, थाई लायन, हङकङको ड्रागन एयर, बंगलादेशको विमान बंगलादेश, मलेसियाको मालिन्दो र मलेसियन एयरले यात्रु अभावकै कारण नियमित उडान थालिसकेका छैनन् । भुटानका ड्र्युक एयर र भुटान एयरलाइन्स, चीनका एयर चाइना, चाइना इस्टर्न, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स, भारतका इन्डिगो र भिस्ताराले पनि नियमित उडान सञ्चालन गरेका छैनन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ