• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै

    396
    SHARES

    काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपराह्न २ बजे सुरु हुनेछ ।

    आर्मी चन्द्रपुरलाई हराएर उपाधि दाबेदार अर्को टोली एपीएफलाई दबाबमा राख्न चाहन्छ । ९ खेल खेलेको आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एपीएफ २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ६ अंक जोडेर छैटौं स्थानमा रहेको चन्द्रपुर आर्मीलाई हराएर चन्द्रपुर अंक तालिका सुधार गर्न चाहन्छ ।

    यसैबीच रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको मौराखारा गुरिल्ला म्याराथन सम्पन्न भएको छ । म्याराथनमा पुरुष तर्फ रुकुम पश्चिमका अर्जुन बस्नेत र महिला तर्फ प्युठानकी हुमी बुढामगर प्रथम भएका छन् ।

    म्याराथनमा विभिन्न जिल्लाका ६५ जना धावकहरुलाई उछिन्दै जिल्लाको सानीभेरी गाउँपालिकाका अर्जुन पुरुष तर्फ प्रथम भएका हुन । उनले निर्धारित ४६ किलोमिटरको दूरि ४ घण्टा ३० मिनेटमा पूरा गरे ।

    त्यस्तै पुरुष तर्फ निर्धारित दूरि ४ घण्टा ५१ मिनेटमा पूरा गर्दै सोलुखोम्बुका सुमन कुलङ दोस्रो हुँदा रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३, का रत्नबहादुर ओली तेस्रो र सानीभेरी ३ कै भुवन ओली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । तेस्रो हुने रत्नबहादुरले ४ घण्टा ५६ मिनेट र सान्त्वना हुने भुवनले ४ घण्टा ५९ मिनेटमा दौड पूरा गरेका हुन् ।

    त्यस्तै आफ्ना ३३ जना प्रतिद्वन्दीलाई पाखा लगाउँदै महिला तर्फ प्रथम हुने प्युठानकी हुमीले निर्धारित ३४ किलोमिटरको दूरि ३ घण्टा १४ मिनेटमा पूरा गरिन । बर्दियाकी कल्पना थारु दोस्रो र रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ की रुपा नकाल तेस्रो हुँदा महिला तर्फ सानीभेरी गाउँपालिका ९ की मुवा भण्डारी सान्त्वना भए । दोस्रो हुने कल्पनाले निर्धारित दूरि ३ घण्टा १७ मिनेट, तेस्रो हुने रुपाले ३ घण्टा २० मिनेट र शान्त्वना हुने मुवाले ३ घण्टा ४० मिनेटमा पूरा गरेका थिए ।

    म्याराथनको पूर्व गृहमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका थिए । म्याराथनमा महिला तर्फ ३४ र ६६ जनाले भाग लिएका थिए । रुकुम पश्चिम र पूर्व सहित देशका विभिन्न जिल्लाबाट सहभागिता जनाउन धावकहरु आएको म्याराथनको संयोजन गरिरहेको मौराखारा युवा क्लबले जनाएको छ । पुरुष धावकहरु ४६ किलोमिटरको रुटमा दौडिएका थिए भने महिला धावकहरुले ३४ किलोमिटर दूरि पूरा गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ