• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    ट्रम्पविरूद्धको महाअभियोग सिनेटबाट दोस्रो पटक पनि अस्वीकृत

    477
    SHARES

    काठमाडौँ । अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग अस्वीकृत गरेको छ । संसद भवन आक्रमणमा समर्थकलाई ‘उकासे’को आरोपमा महाअभियोग लगाइए पनि सिनेटमा त्यसको पक्षमा आवश्यक मत नपुगेको हो ।

    सिनेटले महाअभियोग अस्वीकृत गरेसँगै ट्रम्प कलंकित हुनबाट जोगिएका छन् । बीबीसीका अनुसार रिपब्लिकनसहितका ५७ सिनेटरले महाअभियोगको पक्षमा मदान गरे पनि उनलाई दोषी ठहर्‍याउनका लागि पर्याप्त भएन ।

    महाअभियोगमा उनलाई दोषी ठहर गर्ने पक्षमा ५० डेमोक्र्याट तथा सात रिपब्लिकन सिनेटरले मत दिएका हुन् । ४३ सदस्यले भने विपक्षमा मतदान गरेका थिए । माथिल्लो सदन सिनेटका १०० सदस्यमध्ये कम्तीमा ६७ सदस्यको मतले मात्रै महाअभियोग पारित हुने व्यवस्था छ ।

    गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । सिनेटबाट आफू जोगिएपछि ट्रम्पले वक्तव्य जारी गर्दै महाअभियोगलाई इतिहासमै भएको सबैभन्दा ठूलो ‘विच हन्ट’ को संज्ञा दिएका छन् ।

    अमेरिकी इतिहासमा दुई पटक महाअभियोग लागे पनि उनले त्यसबाट मुक्ति पाएका छन् । यसअघि पनि उनीविरूद्धको महाअभियोगलाई सिनेटले अस्वीकृत गरेको थियो । शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा सन् २०१९ को डिसेम्बरमा ट्रम्पमाथि महाअभियोग लगाइएको थियो । त्यसमा पनि उनलाई निर्दोष ठहर्‍याइएको थियो ।

    ट्रम्प सिनेटबाट दोषी ठहर भएको भए खण्डमा उनी कुनै पनि पदका लागि चुनाव लड्न नपाउने गरि सिनेटले प्रतिबन्ध लगाउने थियो । तर दोषी ठहर नभएसँगै उनलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको उम्मेदवार बन्न पनि बाटो खुलेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ