• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडाैंमा क्रान्तिकारी माओवादीको रातो मार्च पास, महासचिव किरणले पड्काए तोप

    1K
    SHARES

    काठमाडाैं । नेकपा क्रान्तिकारी माओवादीले २६ औ जनयुद्ध दिवसको अवसरमा मार्च पास गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) ३ नंं प्रदेशले २६ औं जनयुद्ध दिवसको अवसरमा युवा मार्चपासकाे आयाेजना गरेकाे हो ।

    काठमाडौंकाे शान्तिबाटिकाबाट सुरु भएकाे र्याली पुरानाे बसपार्क, शहीदगेट, सुन्धरा, वायुसेवा निगम, न्युराेड गेट, वीरअस्पताल हुँदै‌ पुनः शान्तिबाटिकामा पुगेर जनसभामा परिणत भएकाे छ ।

    नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव माेहन व‌ैद्य किरणले २६ वटा मशाल बालेर र २६ वटा ताेप पड्काएर भव्य रुपमा जनयुद्ध समाराेह तथा जनसभाकाे शुभारम्भ गरेका थिए।

    जनयुद्ध समाराेहलाई पार्टी महासचिव माेहन वैद्य किरण, देशभक्त जनगणतान्त्रिक माेर्चाका अध्यक्ष सीपी गजुरेल, पार्टीका स्थायी समिति सदस्य रामसिह श्रीस, सहिद तथा वेपत्ता याेद्धा परिवार समाजका संयाेजक दिनेश शर्मा, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा. ओम गुरुङ, अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन लगायतका नेताहरुले सम्बाेधन गर्दै छन् । कार्यक्रमकाे अध्यक्षता पार्टीका पीवीएम पवनमान श्रेष्ठले गरेका छन् भने सञ्चालन पीवीएम तथा प्रदेश सचिव प्रवेशले गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ