• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    राजधानी नयाँ दिल्लीमा भूकम्पको शक्तिशाली झट्का, मान्छेहरु घरबाहिर निस्किए

    8K
    SHARES

    एजेन्सी । छिमेकी राष्ट्र भारतीको राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राती भूकम्प गएको छ । भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् । राती १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

    भूकम्प ६.३ रेक्टर स्केलको गएको जनाइएको छ भने त्यसको केन्द्रबिन्दु ताजकिस्तानस्थित जमिनबाट ७४ किलोमिटर गहिराईमा परेको जनाइएको छ । यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।

    यस्तै भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रायास जारी राखिएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।

    उत्तरी भारतको उत्तराखण्डको तपोवनमा भएको क्षतिग्रस्त जलविद्युत प्लान्टमा आइतवारदेखि नै श्रमिकहरूले रातदिन ढुंगा र माटो सफा गर्दै आएका छन् । बिहीबारसम्म हिमपहिरोमा परेका ३४ जनाको शव भेटिएको छ । हिमपहिरोका कारण अरु १७० भन्दाबढी अझैपनि हराइरहेको अधिकारीले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीले बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् ।

    मृतक तथा बेपत्ता भएका भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल, बिहार, झारखण्डका रहेको जनाइएको छ । केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीको भनाइ छ । दुई ओटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

    स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । धेरै जना उद्धारकर्मी सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।

    भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ । विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरा बढी नै जान थालेको विज्ञले औंल्याएका छन् । सन् २०१३ मा आएको बाढीले छ हजार व्यक्तिको ज्यान गएको थियो ।

    त्यस्तै भारतमा संक्रमितको मामिलामा नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा १ लाख ३१ हजार ८७८ मानिस संक्रमित भेटिए । अघिल्लो वर्ष भाइरस सुरु भएदेखि हालसम्म एक दिनमा भेटिएका बिरामीको यो संख्या सर्वाधिक हो । यसअघि बुधबार देशमा सबैभन्दा धेरै १ लाख २६ हजार २७६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

    बिहिबार निको हुनेहरुको आँकडा ६१ हजार ८२९ रह्यो । संक्रमणका कारण मृत्यु हुनेको संख्या ८०२ रह्यो । १७ अक्टोबरपछि पहिलो पटक एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । १७ अक्टोबरमा १०३२ बिरामीले ज्यान गुमाएका थिए ।

    देशमा बिरामी भेटिने संख्या पनि बढेर ९.२१ प्रतिशत भएको छ । अर्थात् हरेक सय व्यक्तिमा ९ जना कोरोना संक्रमित पाइएका छन् । तीन हप्ताअघि अर्थात् ११ देखि १७ मार्चबीच बिरामी भेटिने संख्या ३.११ प्रतिशत थियो ।

    कोरोना केसको मामिलामा भारत पनि अब अमेरिकालाई पछ्याउँदै छ । अमेरिकामा पनि अघिल्लो वर्ष अगस्ट र सेप्टेम्बरमा संक्रमितको संख्या तीब्र रुपमा घट्न थालेको थियो तर अचानक अक्टोबरमा यसमा वृद्धि हुन सुरु भयो र डिसेम्बरमा एक महिनाभित्र सर्वाधिक ६३.४५ लाख बिरामी भेटिए ।

    अमेरिकामा कोरोनाको पहिलो पीक २४ जुलाईमा भएको थियो । त्यतिबेला यहाँ एक दिनभित्र सबैभन्दा धेरै ८० हजार संक्रमित भेटिएका थिए तर दोस्रो पीकमा यी सबै रेकर्ड तोडियो । ७ नोभेम्बरदेखि नै यहाँ हरेक दिन एक लाखभन्दा बढी बिरामी भेटिन थाले । ८ जनवरीमा रेकर्ड ३ लाख ९ हजारभन्दा बढी मानिसहरु यहाँ संक्रमित पाइएका थिए । भारतमा पनि त्यस्तै भइरहेको छ ।

    यहाँ डिसेम्बर, जनवरी र फेब्रुअरीसम्म संक्रमितको संख्या निकै कम देखिएको थियो तर मार्चदेखि अचानक यसमा वृद्धि सुरु भयो । अब हरेक दिन एक लाखभन्दा बढी बिरामी बढिरहेका छन् । भारतमा कोरोनाको पहिलो पीकमा एकैदिन सबैभन्दा धेरै ९७ हजार मानिस संक्रमित भेटिएका थिए । आँकडाका अनुसार यदि यसपटक संक्रमणको गतीमा चाँडै नै लगाम नलगाए स्थिति अमेरिकाभन्दा पनि खराब हुनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया