• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित, यस्तो छ कारण

    433
    SHARES

    काठमाडौँ । आगामी मार्च महिनामा ओमानमा हुने तय भएको नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी पुरुष क्रिकेट वर्ल्ड च्याम्पियनसिप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज स्थगित भएको छ ।

    त्यसैगरी, आईसीसीले अप्रिलमा हुने भनिएको पपुवा न्यु गिनी, ओमान र स्कटल्यान्डबीचको सिरिज र मे महिनामा हुने भनिएको पपुवा न्यु गिनी, अमेरिका र नामिबियाबीचको सिरिज पनि स्थगित गरिएको जनाएको छ ।

    कोराना महामारी प्रभाव कायमै रहेको, लामो समय क्‍वारेन्टाइनको प्रावधान र विभिन्न देशहरुबीच रहेको यात्रा प्रतिबन्धलगायतका कारणहरूले तय भएका सिरिजहरू आधिकारिक रुपमा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको नेपाल क्रिकेट संघका सचिव असोकनाथ प्याकुरेलले जानकारी दिएका छन् ।

    यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल) को चेन्नाईमा हुने अक्सनमा नेपालका सन्दीप लामिछाने मात्रै छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो । जसबाट फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनमा नेपालबाट सन्दीपको नाम मात्रै समावेश छ ।

    २०१७ मा पहिलो पटक आईपीएलमा सन्दीप २० लाख आधार मूल्यमा छनोट भएका थिए । तीन वर्ष दिल्ली क्यापीटल्सबाट खेलेका उनलाई यहिँ सिजनमा दिल्लीले रिलिज गरेको हो । यस सिजनमा उनको आधार मूल्य ४० लाख रहेको छ ।

    यस्तै, उक्त अक्सनमा एसोसिएट क्षेत्रका मात्रै तिन खेलाडी छनोट भएका छन् । सन्दीपसँगै अमेरिकाका अलि खान र युएईका कार्तिक मेइयाप्पन अक्सनका लागि छनोट भएका हुन् ।

    आईपीएफको २०२१ को सिजनका लागि १ हजार ११४ जना खेलाडीबाट २९२ खेलाडी छनोट भएका छन् । २९२ जनामा १६४ भारतीय क्रिकेटर छन् । विदेशी १२५ क्रिकेटर छन् भने ३ जना एसोसियटका क्रिकेटर छन् ।

    अक्सनमा सबैभन्दा धेरै २ करोड आधार मूल्य भएका भारतका हर्वजन सिंह र उमेश यादव छन् भने विदेशी आठ जना खेलाडी छन् । जसमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, साकिब अल हसन, मोइन अली, सम बिलिङ्स, लिएम पुल्किट, जसन रोय र मार्क उड छन् । यी खेलाडी अहिलेको अक्सनमा सबैभन्दा बढी आधार मुल्य भएका खेलाडी हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ