• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सरकारले सुरक्षामा कटौती गरेपछि पूर्वराजा शाहका स्वकीय सचिवले गृहलाई पठाए यस्तो पत्र

    8K
    SHARES

    काठमाडौँ । सरकारले भीआईपीको सुरक्षामा व्यापक कटौती गरेको छ । बहालवाला तथा पूर्वपदाधिकारी र राष्ट्रसेवक कर्मचारीको सुरक्षामा कटौती गर्दै सरकारले जिम्मेवारी पनि हेरफेर गरेको छ ।

    मन्त्रिपरिषदबाट पारित अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधिमा नपरेका पूर्व तथा बहालवाला व्यक्तिका अंगरक्षक एवं निवास सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई फिर्ता बोलाउन थालिएको छ। कार्यविधिमा तोकिएभन्दा बढी खटिएका ठाउँबाट सुरक्षाकर्मी फिर्ता बोलाउने तयारी सरकारको छ ।

    गृह मन्त्रालयबाट कार्यविधि कार्यान्वयनका लागि हालै पारित मापदण्डसहित निर्देशन आएको र त्यही क्रममा जनशक्ति तथा जिम्मेवारी हेरफेर गर्न थालिएको प्रहरी र सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । गृहको निर्देशनपछि सातवटै प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी फिर्ता बोलाउन थालिएको छ।

    पूर्व विशिष्टको सुरक्षाका लागि गृह मन्त्रालयले नयाँ मापदण्ड बनाएर कार्यविधि विपरीत सुरक्षाका बहानामा बढी सुरक्षाकर्मी राखिएको पाइएपछि सरकारले त्यसरी राखिएका सुरक्षाकर्मीलाई फिर्ता ल्याउन कदम चालेको हो।

    मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो।

    स्वीकृत नयाँ कार्यविधि अनुसार पूर्वराष्ट्रपतिले अब २१, पूर्व धानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।

    यसैबीच पूर्वराजा ज्ञानेन्द शाहका स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनाले गृह मन्त्रालयलाई एक पत्र लेख्दै नयाँ कार्यविधिबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

    हाल पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९९ जना सुरक्षाकर्मी खटाइदैं आइएको छ। जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी हाल सुरक्षाका लागि खटिँदै आइरहेका छन्। नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार भने पूर्वराजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।

    तिमिल्सिनाले नयाँ कार्यविधि अनुसार सबै राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि पर्याप्त नहुने भएकाले सुरक्षाकर्मीको सङ्ख्याको लागि पुनर्विचार गरिदिन भन्दै गृह मन्त्रालयमा पत्र पठाएका छन् ।

    यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको आरोप लगाएका छन् । बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।

    ‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर गतिशिल भएको छ, देश बनाउने संकल्पसहित अघि बढेको छ, सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अब हामी निरास हुनुपर्ने अवस्था छैन, कठैबरा भन्नुपर्ने गएका छैनन, पार्टीको बदनाम गर्नेहरु, मुलुकको समृद्धि नचाहानेहरु मात्रै बाहिरिएका हुन् । उनीहरु अहिले सडकमा डम्फू बजाइरहेका छन् ।’

    उनले नेपालभरीको होइन लुम्बिनी प्रदेशका मात्र मानिसको उपस्थितिलाई लिएर गौरव गरे । उनले देशमा आन्दोलन विभाजित भएका बेला, कुनै पनि पार्टी क्रियाशील हुन नसकिरहेको बेला आफूले एकता र एकीकरणको अभियान शुरु गरेको बताए ।

    तत्कालीन एमाले र माओवादी केन्द्रलाई मिलाउने आफूले अगुवाई गरेको भए पनि केही मानिसले देश बनाउने नभइ आफू बन्ने उद्देश्य नछोड्दा यो अवस्था सिर्जना भएको बताए । उनले गुट बलियो बनाउने गलत अभ्यास गर्नेहरुकै कारण यो अवस्था आएको बताए ।

    उनले पार्टी नफुटेको समेत बताए । यो उपस्थितिले नै पार्टी नफुटेको देखाएको बताउँदै कही उद्देश्य नमिलेकाहरु मात्र बाहिरिएको बताए । ‘उनीहरु बाहिरिएर आत्तिएका छन्, डम्फू बजाइरहेका छन्, चुनाव हुने विषयलाई प्रतिगमन भनिरहेका छन् । ताजा जनादेशमा जानै हुँदैन भने तपाइँहरुले कस्तो व्यवस्था खोजेको ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

    प्रधानमन्त्री ओलीले सरकार ढाल्ने काम आफ्नै पार्टी भित्र भएको बताए । सामाजिक परिवर्तन, समृद्धि, सुशासन कसरी ल्याउन सकिन्छ भन्ने बाटोलाई समातेर अघि बढिरहेको बेला सरकार ढाल्ने प्रयत्नमा ‘दोहाल–नेपाल’समूह लागेको समेत आरोप लगाए ।

    उनले भने, ‘एकैचोटी प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने आवाज आयो । देश बनाउने कुरा उनीहरुसँग छैन, अध्यक्षबाट छोड्नुपर्‍यो भन्ने अर्को आवाज उठाए ।’ उनले नक्सा पारित गरेपछि उनीहरु आत्तिएको समेत आरोप लगाए । अरुले हिम्मत र आलोचना गरेका थिएनन् तर आफ्नै पार्टीबाट बिग्रहको आवाज उठाउने काम उनीहरुबाटै भएको समेत बताए ।

    उनले उहाँहरु हटेसँगै आयोगहरु बनेको बताउँदै तगारो को रहेछ भन्ने प्रमाणित भइसकेको बताए । प्रधानमन्त्री ओलीले अहिले पार्टी गतिशील भएको बताए । ‘गएको तीन वर्षमा हामीले कहिल्यै यस्तो आमसभा गर्न सकेका थिएनौं,’ उनले भने, ‘हिजो पार्टी भित्र त्यही कुरा भन्थ्ये, अहिले सडकबाट उही कुरा गरिरहेका छन् ।’

    उनले अहिले पार्टी एउटै विचारमा अनुशासित भएर गतिशील भएको बताए । देश बनाउने संकल्पसहित पार्टी अघि बढेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अब हामी निरास हुनुपर्ने अवस्था छैन ।’

    सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय काम गरेको समेत उनले बताए । ओलीले भने, ‘हामीले असाधरण विकास गरेका कारण उनीहरु छट्पटाइरहेका छन् ।’ उनले संविधानसम्मत संसद विघटन गरेको समेत बताए । ओलीले जनताको पीडामा आफ्नो आँशु खस्ने बताएका छन् ।

    उनले दाहाल–नेपाल समूहलाई लक्षित गर्दै भने, ‘तपाइहरुँ कसैको पीडामा आँशु खसाउँनु हुँदैन, हामी जनताको पीडामा आँशु खसाउँछौँ ।’ उनले आफूहरुका कामले दाहाल–नेपाल समूह आत्तिएको, डराएको समेत बताए । प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहले जनतालाई झुक्याउने, तर्साउने काम गरेको बताउँदै अब ति दिन सकिएको बताए ।

    ‘जीवन केही होइन भनेर होमिन सिकाउने, टाउकोमा कात्रो बाँधेर हिड्न सिकाउनेहरुले आफू सत्तामा पुग्ने भर्‍याङमात्र बनाए, त्यो जगजाएर छ,’ प्रधानमन्त्री ओलीले भने ।

    ‘शाहदत भएका, अंगभंग भएकाहरु कस्तो अवस्थामा छन्, सबै पीडितको हालत के छ ?,’ ओलीले भने, ‘हिजो प्रचण्डले उचालेर झुटा सपना देखाएका घाइते लडाकु सबै प्रकारका पीडितलाई सम्मानपूर्वक परिचयपत्र वितरण गर्छौँ । उनीहरुका घरका एक सदस्यलाई योग्यताअनुसार रोजगारीको व्यवस्था गर्छौं ।’

    प्रधानमन्त्री ओलीले देश अनुचित अवस्थामा जाने, अलोकतान्त्रिक प्रयासहरु जब आफ्नैभित्रबाट हुन थाले तब बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको हो ।’

    उनले देशलाई अस्थिरतातर्फ अदालतले नफर्काउने आफूले विश्वास लिएको बताए । उनले भने, ‘हामी समृद्ध र सुशी नेपाल बनाउँछौँ, यस काममा जुट्न सबैलाई आग्रह गर्न चाहान्छु ।’

    उनले निर्मला र भागरथी हत्याकाण्डका दोषीलाई पानीमुनि गए पनि नछाड्ने बताए । पीडितहरुकाे न्यायका लागि सरकार कटिबद्ध लागिपरेको बताए । ‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओली भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ