• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो रेमिट एप, यस्ता छन् विशेषता

    1.1K
    SHARES

    काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले रेमिट एप सार्वजनिक गरेको छ । बैंकले नेपाली वाणिज्य बैंकको इतिहासमा पहिलो पटक सो एप सार्वजनिक गरेको हो । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै साे एपकाे लञ्च गरेको हो ।

    विदेशबाट नेपाल पठाउन र नेपालबाट विदेश पठाउने रेमिट्यान्सलाई सहज सुरक्षित बनाउन बैंकले सो एप सार्वजनिक गरेको बताएको छ । माछापुच्छ्रे बैकले भारतको एक कम्पनीको साझेदारीमा रेमिट एप लञ्च गरेको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमा सहज, सुरक्षा र गाउँगाउँमा यसको पहुँच पुर्याउनको लागि रेमिट एपले महत्वपूर्ण काम गर्ने बताए । उनले माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङमा नयाँ–नयाँ खोज र अनुसन्धान गरेर काम गर्दै आएको र विदेशबाट पैसा पठाउन र पाउन यस एपले महत्वपूर्ण काम गर्ने बताए ।

    ‘देशका ७ हजारभन्दा बढी एजेन्टबाट नगद भुक्तानी पाउन सकिन्छ, रेमिट कार्डबाट पनि रकम भुक्तानी गर्न सकिन्छ, त्यसका साथ साथै यो एप सहज र सुरक्षित पनि छ, हाम्रो लक्ष्य नै यसको पहुँच गाउँगाउँमा पुर्याउने हो,’ सीईओ काेइरालाले ले भने ।

    उनका अनुसार याे एप युजरफ्रेण्डी पनि छ । उनले बैंकले डिजिटल भुक्तानीमा बैंकले धेरै प्राथमिकता दिएको पनि बताए । यस्तै, माछापुच्छ्रे बैंकका अध्यक्ष विरेन्द्र प्रसाद महत्ताेले बैंकले सुुरु गरेको रेमिट एपले गाउँगाउँमा माछापुच्छ्रे बैंकको पहुँच पुर्याउन वालेट कोसेढुङ्गा बन्ने बताए ।

    ‘हाम्राे बैंकको नाफाभन्दा पनि दीगो बनाउने उद्धेश्य हो,१६० शाखा र १५ सय बढी कर्मचारीको संकल्प नै ग्राहकको सेवा सुविधा र सहजता हो, ग्राहकको विश्वास जित्न हामी लागि परेका छौं, हाम्रो उद्धेश्य भनेको नै ग्राहकलाई आत्मनिर्भर बनाउने हो,’ उनले भने ।

    उनका अनुसार रेमिट्यान्सले नेपाली अर्थतन्त्रले धेरै योगदान गरेकाे हुनाले माछापुच्छ्रे बैंकले सुरु गरेको रेमिट एपले एक गेमचेन्जरका रुपमा काम गर्ने बताए । यस्तै, बैंकका दायित्व व्यवस्थापन विभागका प्रमुख सुनिल खतिवडाले रेमिट एप प्रयाेग गर्ने पहिलो एक हजार ग्राहकले १ सय रुपैयाँ वालेटमा पाउने बताए ।

    उनका अनुसार माछापुच्छ्रे बैंक सँगसँगै अन्य बैंकका ग्राहकले पनि रेमिट एप प्रयोग गर्न सक्नेछन् । उनका अनुसार रेमिट एपमार्फत रेमिट भच्र्युअल कार्डको पनि सुविधा रहेको छ । त्यसमार्फत पनि रकम भुक्तानी गर्न सकिनेछ ।

    रेमिट एप कसरी प्रयोग गर्ने ?

    मोबाइलको प्ले स्टोरमा गएर रेमिट एप डाउनलोड गर्ने ।

    एप डाउनलोड गरेर साइन अप अप्सनमा जाने ।

    त्यसपछि मोबाइल नम्बर राख्ने ।

    मोबाइल नम्बरमा आएको कोड नम्बर राखेर साइन अप गर्ने ।

    त्यसपछि आफ्नो पूरा नाम, ईमेल र पासवर्ड राखेर लगइन गर्ने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया