• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भागरथी ह’त्या प्र’क’रण- सुदूरपश्चिमका प्रहरी प्रमुखले चाले यस्तो कदम

    4.5K
    SHARES

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-७ चडेपानी (कतोला) घर भएकी १७ वर्षीया भागरथी भट्टको ब’ला’त्कार पछि ह’त्या प्र’क’रणबारे जारी अनुसन्धानबारे बुझ्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख आफैं घटनास्थलतर्फ गएका छन् ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी आइतबार बिहान बैतडीतर्फ लागेका हुन् । बलात्कार पछि ह’त्या गरिएको अवस्थामा किशोरीको श’व फेला परेपछि डीआईजी सुवेदीले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी जनकराज पाण्डेलाई खटाएका थिए ।

    घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत बैतडी पठायएको छ । सीआईबीका डिएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली बैतडी पुगेको हो । बाखु नेतृत्वको सीआईबीको टोलीले यसअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको ह’त्या प्र’क’र’णमा समेत अनुसन्धानमा खटिएको थियो ।

    १७ वर्षीया भागरथी बुधबार (माघ २१ गते) बिहान विद्यालय गएकी थिइन् । गाउँपालिकाको भवन नजिकै रहेको सनातन धर्म माविमा मक्षा १२ मा अध्ययनरत भागरथी साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले सोधी-खोजी गर्ने क्रममा बिहीबार राति जंगलमा श’व फेला परेको थियो ।

    घरभन्दा ३ किलोमिटरको दुरीमा रहेको लवलेक सामुदायिक वनमा वि’भ’त्स रुपमा ह’त्या गरिएको अवस्थामा भागरथीको श’व फेला परेको थियो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा भागरथीको ब’ला त्कार पछि ह’त्या भएको देखिएको छ । भागरथीको श’व इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयदेखि झण्डै दुई किलोमिटरको दुरीमा घाँ’टी नि’मु’ठिएको, हातमा घा’रि’लो ह’ति’यार प्रयोग भएको र ब’ला’त्कार गरी आधा शरीर नि’वस्त्र पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    प्रहरीका अनुसार घटनास्थलमा ब्याट्री झिकेर फालिएको अवस्थामा मोबाइल फेला परेको छ । अहिले प्रहरीले मोबाइलका सूचना केलाएर त्यसआधारमा समेत अनुसन्धान अगाडि बढाएको छ ।

    यस्तै बला’त्का’रपछि ह’त्या भएको प्रारम्भिक अनुमानका आधारमा घटना भएको क्षेत्रमा सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । खोजीका क्रममा बिहीबार राति घरभन्दा तीन किलोमिटरको दुरीमा रहेको लवलेक सामुदायिक वनमा विभ;त्स रुपमा बला’त्कार पछि ह’त्या गरिएको अवस्थामा भागरथीको श’व फेला परेको थियो ।

    बैतडीको खोचलेक-चडेपानी कच्ची सडकको लवलेकको बीच जंगलमा सडक आसपासमा बला’त्कार गरेपछि, घिसारेर सडकदेखि ५०-६० मिटर तल झाडिमा फालिएको अवस्थामा बिहीबार श’व फेला परेको मृतक किशोरीका दाइ नाता पर्ने स्थानीय शिवराज भट्टले जानकारी दिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा भागरथीको बला’त्कार पछि ह’त्या भएको देखिएको छ ।

    कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको जस्तै निर्मम र वि’भ’त्स तरिकाले ब’ला’त्कार पछि ह’त्या भएको अवस्थामा भागरथीको श’व फेला परेपछि बिहीबार राति नै बैतडीका प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद अधिकारी घटनास्थल पुगेका थिए ।

    किशोरीको ह’त्या भएको थाहा पाएपछि बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली पनि शुक्रबार विहान घटनास्थल पुगेको थियो ।

    घटनास्थल जिल्ला सदरमुकाम गोठलापानीबाट मोटरमा झण्डै डेढ घण्टामा पुगिन्छ । घटनास्थल पुगेर फर्किएका प्रमुख जिल्ला अधिकारी जोशीले किशोरीको ब’ला’त्का’र पछि ह’त्या भएको अनुमान गरिएको बताए ।

    प्रहरीका अनुसार घटनास्थलमा ब्याट्री झिकेर फालिएको अवस्थामा मोबाइल समेत फेला परेको थियो । प्रहरीले मोबाइलका सूचना केलाएर त्यसआधारमा समेत अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

    किशोरीको ब’ला’त्का’रपछि ह’त्या भएको खबर पाएपछि, प्रदेश सरकारको तर्फबाट संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी जनक पाण्डेसहितको टोली शुक्रबार घटनास्थल गएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ