• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    फेरि गयो ६ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प, कहाँ हाे केन्द्रविन्दु

    8.3K
    SHARES

    काठमाडौं । आइतबार फिलिपिन्समा ६ म्या’ग्नि’च्युडको भूकम्प गएको छ । जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले दिएको जानकारीअनुुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मिन्डानाओ हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार स्थानीय समयअनुसार १२ बजेर २२ मिनेटमा भूकम्प भएको हो ।

    त्यस्तै इन्डोनेसियाको भूकम्प मापन केन्द्रले भने यो भूकम्प ६.३ म्याग्निच्युड रहेको बताएको छ । भूकम्पको कारण भएको क्षतिबारे भने अहिलेसम्म कुनै विवरण आएको छैन ।

    युट्युब च्यालेन्जको चक्करमा गयो वृद्धको ज्यान

    जोशमा होस गुमाउँदा मानिसहले आफैंलाई हानी गरिरहेका हुन्छन् । यस्तै घटना रुसमा भएको छ जहाँ ६० वर्षका एक व्यक्तिले च्यालेन्जको नाममा १.५ लिटर भोड्का (रक्सी) पिएपछि उनको मृत्यु भएको छ । र यहाँ याद गर्नुपर्ने कुरा के छ भने लाइभ स्ट्रिमिङका बेला दर्शकले उनको मृत्यु भएको प्रत्यक्ष हेरिरहेका थिए ।

    घटना रसियाको हो जहाँ ६० वर्षका वृद्धले युट्युबमा लाइभ स्ट्रिमिङका बेला धेरैभन्दा धेरै रक्सी पिउने चुनौती स्विकार गरे र त्यो पूरा गर्नका लागि १.५ लिटर भोड्का पिए । लाइभ स्ट्रिमिङमा उनले रक्सी पिइरहेको हेरिरहेका दर्शक उनको मृत्यु भएको देखेर अचम्मित भए ।

    द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार ‘ग्रान्डपा’ नामका यी रुसी व्यक्तिलाई एक युट्युबरले धेरै र’क्सी पिएको बदलामा पैसा दिने चुनौती दिएका थिए । यस्ता प्रकारको चुनौतीलाई ‘थ्रेस स्ट्रिम’ वा ‘ट्र्यास स्ट्रिम’ भनिन्छ । आजकाल यो सोसल मिडियामा व्यापक ट्रेन्ड भइरहेको छ ।

    सोसल मिडियामा ट्रेन्ड भइरहेको यो चुनौतीमा कुनै व्यक्तिलाई पैसाको साटो अपमानजनक क्रियाकलाप वा स्टन्ट गर्ने चुनौती दिइन्छ । यस्ता क्रियाकलापको लाइभ स्ट्रिम गरिन्छ जसलाई थुप्रै दर्शकले अनलाइनमा हेर्ने गर्छन् । यसमा थुप्रै पटक यस्ता चुनौती दिइन्छ जुन निकै मुश्किल हुने गर्छन् वा कसैलाई हानी पुर्याउने किसिमका पनि हुन्छन् ।

    द इन्डिपेन्डेन्टले स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै यी रुसी व्यक्तिको पहिचान ६० वर्षीय यूरी दुशेकिनको रुपमा गरेको छ । उनलाई एक युट्युबरले पैसाको बदलामा रक्सी वा तातो सस खाने चुनौती दिएका थिए । १.५ लिटर भोड्का पिएपछि यी व्यक्ति अचानक लडे र उनको तत्काल मृत्यु भयो । उनको शव पनि लाइभ स्ट्रिममा देखिएको थियो र दर्शकले उनी मरिरहेको हेरिरहेका थिए ।

    रुसी अधिकारीले अघिल्लो हप्ता स्मोलेन्स्क शहरमा भएको यो घटनाको अनुसन्धान सुरु गरेका छन् । यसैबीच रुसी सांसद एलेक्सी पुष्कोवले यस्तो घटनामाथि प्रतिबन्ध लगाउनका लागि कानून बनाउनमा जोड दिएकी छिन् । उनले यस्ता घटनाले सोसल मिडियामा हिंसालाई र डिजिटल अपराधलाई प्रोत्साहन गरिरहेको बताएकी छिन् ।

    यस्तै यता म्यान्मारको सेनाले सोमवार गरेको ‘कू’को विरोधमा शनिबार हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।

    निगरानी समूह नेब्लक्स इन्टरनेट अब्जरभेटरीका अनुसार इन्टरेनटमा करिब पूर्ण अवरोध छ र सामान्य अवस्थाको इन्टरनेट सम्पर्क सेवा १६ प्रतिशतमा झरेको छ । देशको मुख्य सहर याङ्गुनमा ठूलो सङ्ख्यामा उपस्थित नागरिकहरूले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजीसमेत गरेका छन् ।

    म्यानमारमा सेनाले निर्वाचित संसदलाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ । दङ्गा प्रहरीहरूले याङ्गुनलगायतका सहरको मुख्य भागहरूमा चोक तथा सडकहरूमा धरपकड बढाएको छ ।

    प्रदर्शनका निम्ति मानिसहरू परिचालन गर्न नदिन सेनाले इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो भने फेसबुकलाई एक दिन पहिलेदेखि नै बन्द गरिएको थियो ।

    “हामी सैन्य तानाशाहबाट देश र जनतालाई स्वतन्त्र पार्न र आगामी पुस्ताको अधिकारका निम्ति लड्न आएका छौँ ।” र्यालीमा सहभागी एक महिलाले बताइन् । म्यानमारमा अप्रजातान्त्रिक सोचलाई सदाका लागि अन्त्य गरी दीर्घकालीन शान्ति तथा सुव्यवस्था कायम गर्न सडकमा आएको एक प्रदर्शनकारीले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ